
झापा – पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा अहिले प्रकाशमय बनेको छ। भारतबाट ल्याइएको लाइटिङ सिस्टमका कारण अर्जुनधारा जलेश्वरधाम अहिले प्रकाशमय बनेको हो।
धामको ४२ औँ वार्षिक अनुष्ठानमा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा लगाइएको लाइटिङ सिस्टममा मानिसहरू आकर्षित भएका छन्।
धाम क्षेत्र प्रवेश गर्ने मार्ग शनिश्चरेदेखि नै प्रकाश (बिजुली)को सजावटले शनिश्चरे बजार तथा धाम क्षेत्र प्रकाशमय बनेको हो। साँझपख त्यही प्रकाशमा फोटो खिच्ने तथा खिचाउने मानिसहरूको घुइँचो लाग्ने गरेको छ।
धाम परिसर तथा सडकमार्गमा लगाइएको लाइट सिस्टम १० लाख भारतीय रुपैयाँमा लगाइएको धामसमितिका कोषाध्यक्ष मनोज जोशीले बताए।
तस्बिरहरूः