पाठेघर खस्ने समस्या भएका केपिलासगढी गाउँपालिकाका १९ जनाको निःशुल्क शल्यक्रिया

पाठेघर खस्ने समस्या भएका केपिलासगढी गाउँपालिकाका १९ जनाको निःशुल्क शल्यक्रिया
+
-

खोटाङ- केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघरसम्बन्धी रोगले समस्याग्रस्त ३२ जना महिलामध्ये १९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

पाठेघर खस्ने समस्याबाट लामो समयदेखि ग्रसितको निःशुल्क उपचार गराउने उद्देश्यले गाउँपालिकाका तर्फबाट अस्पताल पठाइएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए ।

“पाठेघर खस्ने समस्या भएका महिलाको उपचारका लागि सामुदायिक सेवा प्रतिष्ठान नेपालले आर्थिक सहयोग गरेको छ । शीर मेमोरियल अस्पतालले प्राविधिक सहयोग निःशुल्क रुपमा गरेको छ”, उनले भने, “शल्यक्रिया गरिएकाहरुका लागि अस्पतालका विशेषज्ञ डाक्टरहरुसँगै गाउँपालिकाबाट पठाइएका चार जना स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र हेरचाहमा उपचार भइरहेको छ । उनीहरुका लागि कुरुवाको व्यवस्था गरिएको छ ।”

यही मङ्सिर ७ गते बनेपास्थित अस्पताल पठाइएका ३२ जना महिलामध्ये सात जनामा पाठेघरसम्बन्धी दोस्रो चरणको समस्या मात्र देखिएकोे थियो । दोस्रो चरणको समस्यामा रहेका महिलाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा सुधार हुने भएकाले शल्यक्रिया नगरिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको सुझाव रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका विभिन्न वडाबाट उपचारका पठाइएका अन्य महिलामा मुटु, उच्च रक्तचाप, मधुमेहलगायत विभिन्न प्रकारका समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्न नमिल्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

“शल्यक्रियाका लागि पठाइएका ३२ जना महिलामध्ये मङ्सिर ११ गते मङ्गलबारसम्ममा १९ जनाको शल्यक्रिया सफल भएको छ । सात जनामा दोस्रो चरणको मात्र समस्या देखिएकाले शारीरिक व्यायाम र नियमित औषधि प्रयोग गर्दा समस्या सुधार हुने स्वास्थ्यकर्मीले बताएका छन्”, उनले भने, “बाँकी छ जनामा विभिन्न प्रकारका रोगको समस्या देखिएका कारण उनीहरुलाई पुनःपठाउने गरी फर्काइएको छ । स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराएर फर्काइएका उनीहरुलाई दोस्रो चरणमा पठाइने महिलासँगै शल्यक्रियाका लागि पुनःपठाउने तयारी गरेका छौँ ।”

नागरिकको स्वास्थ्यवस्थाबारे गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्दा गाउँपालिकाभित्र बसोबास गर्ने ५६ जना महिलामा आङ खस्ने समस्या देखिएको थियो । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले नियमित औषधि सेवन गर्नुपर्ने दीर्घ रोग भएका नागरिकका लागि निःशुल्क रुपमा औषधि उपलब्ध गराउँदै आएको छ ।

पाठेघर खस्ने समस्या भएका महिलालाई यसअघि जिल्लाका अन्य स्थानीय तहले पनि बनेपास्थित सोही अस्पताल लगेर निःशुल्क शल्यक्रिया गराएका थिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पाठेघर खस्ने समस्याका महिलालाई सुविधा सम्पन्न अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिलालाई राहत मिलेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?