स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
+
-

बनियानी (झापा)- झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित छिन्। उनको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी केही सहज बनेको छ ।

सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उनलाई स्वयं हेरचाह तालिम दिएपछि उनी आफ्नो स्वास्थ्यको स्याहार आफैँ गर्न सक्ने भएकी हुन् । “२५–३० वर्ष भयो रोग लागेको”, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बस्नुभएकी उनले भनिन्, “बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो ।”

उनीजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ । स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उनको अनुभव छ । आफूलाई शौचालय आउजाउ गर्न असहज भएको बताएपछि उनलाई ‘ट्वाइलेट चियर’ प्रदान गरिएको छ ।

उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने हात्तीपाइलेले सुन्निएको ठाउँको उचित सरसफाइ हुनुपर्ने बताउँछन्। “रोग प्रभावित अङ्गलाई थप बिग्रिन नदिन उचित सरसफाइ हुनुपर्छ”, उनले भने, “हात्तीपाइले रोगीलाई वर्षमा एक–दुई पटक धेरै ज्वरो आउँछ, त्यसलाई यसले रोक्न मद्दत गर्छ ।”

तालिमसँगै हात्तीपाइले र कुष्ठरोगीका मागको आधारमा सहायक समग्री प्रदान गर्ने गरिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अङ्कित पाठकले बताए । “हात्तीपाइले रोगीलाई दुई दिने स्वयं हेरचाह तालिम दिने गरिएको छ”, उनले भने, “मागअनुसार सहायक सामग्री पनि दिन्छौँ ।”

करुणा फाण्डेशनमार्फत सन् २०२२ देखि हालसम्म तीन सय ८७ जनालाई स्वयं हेरचाह तालिम, एक सय २३ जनालाई आयआर्जन तालिम, एक सय ५५ जनालाई सहायक सामग्री, ४८ जनालाई उपचारमा सहयोग र १६ जनालाई रु १२ हजारका दरले व्यवसायका लागि बीउपुँजी प्रदान गरिएको कार्यक्रम अधिकृत अङ्कित पाठकले जानकारी दिए ।

सहारा नेपालको विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले परियोजनाअन्तर्गत झापाका १० वटा पालिकामा १० प्रकारका उष्णप्रदेशीय रोग कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गी र चिकनगुनिया, कलाजार, सर्पदंश, रेबिज, लुतो, फित्तेजुका र खस्रेको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।

झापामा नयाँ तथा पुराना गरी हाल दुई हजार तीन सय तीन जना हात्तीपाइलेका बिरामी छन् । तीमध्ये ‘लिम्फोडि’मा भएका आठ सय ४७, ‘हाइड्रोसिल’का एक हजार तीन सय ५६ र दुवै भएका ७१ जना छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?