
वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जबाट औषधि लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिई राजश्व कार्यालयमा बुझाएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित ना.३ ख ७९१९ नम्बरको मालबाहक ट्रक चेकजाँच गरेको थियो।
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रकमा लोड रहेको औषधिजन्य सामग्री बिल बिजकभन्दा बढी रहेको आशंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
ट्रकमा लोड रहेको ९० लाख ३७ हजार ६ सय १० बराबरको औषधिजन्य सामग्रीसहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् डिएसपी किशोर लम्सालले जानकारी दिए।