स्थानीय तह उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी, क-कस्को अग्रता ?

स्थानीय तह उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ-१६ मा मतगणना जारी, क-कस्को अग्रता ?
+
-

काठमाडौँ- काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गरेकी छन् ।

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?