
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको पोखराले आफ्ना दुबै ओपनरसहित तीन विकेट गुमाएको छ।
पोखराले ३२ रन बनाउँदा ओपनर एन्ड्रिस गौसलाई २० रनको अवस्थामा गुमाएको थियो।
लगत्तै खातामा २ रन थप्दा ५.५ ओभरमा अर्का ओपनर दिनेश खरेललाई १० रनमा गुमायो।
गौसलाई जनकपुर बोल्ट्सका ललित राजवंशीले आउट गरेका थिए भने खरेललाई जेम्मि निशमले पेभिलियन पठाए।
तेस्रो विकेट कुशल भुर्तेल आउट भएका हुन्।