पोखरा- भरतपुरबाट पोखरा आउँदै गरेको जन्ती बस तनहुँमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
ना ५ ख २ नम्बरको जन्ती बस पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाँउपालिका ३ नयाँबजारमा दुर्घटना हुँदा एक
जनाको ज्यान गएको हो।
चितवनका १७ वर्षीय सन्देश खड्काको दुर्घटनामा परी ज्यान गएको प्रहरीको जनाएको छ। गुडिरहेको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा पाँच जना घाईते भएका छन्। घाइते हुनेहरुमा चितवनको भरतपुर बस्ने नरमाया थापा, सरोज थापा, नवलपरासीकी शान्ति गुरुङ, गंगा थापा र दुर्गा पुन रहेका छन्।
उनीहरुलाई पोखराको पश्चिमाञ्चल गण्डकी अस्पतालमा उपचारको लागि भर्ना गरिएको कास्की प्रहरी प्रवक्ता रबिन्द्र गुरुङ जानकारी दिए।
उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ।