सञ्चालनको टुंगो नभए पनि दमकमा बनेको भ्यू टावरको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

सञ्चालनको टुंगो नभए पनि दमकमा बनेको भ्यू टावरको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
+
-

झापा – झापाको दमक वडा नं. ३ मा निर्माण दमक बिजनेस कम्प्लेक्स निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स)को उद्घाटन हुने भएको छ।

स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो।

आँउदो मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।

केही समयअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरेर यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

२०७६ सालदेखि निर्माण सुरु भएको प्रस्तावित दमक बिजनेस कम्प्लेक्स एक वर्ष अघि निर्माण सम्पन्न भइसकेको छ। २०७६ साल असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलन्यास गरेका थिए।

एक सय मिटर अग्लो यो कप्लेक्स १८ औँ तलाको रहेको छ। ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ।

सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ। एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको हो।

चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?