
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी पाँचौ खेलमा पहिलो जिततर्फ अग्रसर भएको छ। कप्तान रोहित पौडेलले अलाउन्डर प्रदर्शन गर्दै ३ विकेट लिएसँगै लुम्बिनीले ११.२ ओभरमा चितवनको आधा टोलीलाई पेभिलियन पठाउँदै बलियो अवस्थामा देखिएको हो।
१ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनका लक बेनकेन्सटाइन ३१ रन बनाएर आउट भए। त्यस्तै रभि बोपरा पनि १२ रनमा आउट हुँदा चितवन संघर्षपूर्ण रुपमा देखिएको हो।
त्यसअघि चितवनले ३.१ ओभरमा तीन विकेट गुमाएको थियो। उसका लागि सन्तोष कार्की १० रनमा आउट हुँदा विपिन रावल ५ रन बनाएर पेभिलियन फर्किए। त्यस्तै सोहिल तन्विर १ रनमा आउट भएका थिए।
अहिले १२ ओभरको समाप्तीमा चितवन ६५ रनमा ५ विकेट गुमाएर खेलिरहेको छ। क्रिजमा कप्तान कुशल मल्ल र जन निकोल लोफ्टाइ-इटन रहेका छन्।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अलराउन्डर प्रदर्शन गर्दै ३ विकेट हात पार्दा रामोन सिमोन्ड्स र अभिषेक गौतमले समान १-१ विकेट लिएका छन्।