स्वास्थ्य व्यवसायी महासंघको महाधिवेशनले छान्यो नयाँ टिम

स्वास्थ्य व्यवसायी महासंघको महाधिवेशनले छान्यो नयाँ टिम
+
-

काठमाडौँ-  वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औँ महाधिवेशन सोमवार काठमाडौँमा सम्पन्न भएको छ। महाधिवेशनले कैलाश खड्काको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा र कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल छन्।

महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परीक्षणमा ध्यान दिएको जिकिर गरे। ‘श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार छ,’ उनले भने,‘सरकारबाट सूचीकृत भएका स्वास्थ्य संस्थाहरू (सम्बन्धित देश मार्फत छनोट भएका तथा नभएका) लाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरी सबै देशको लागि एकरूपता बनाउन सरकारले एकद्वार प्रणाली बनाइनेछ ।’

महाधिवेशनको बन्द सत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन पनि सर्वसम्मत रूपमा पारित भएका छन्। महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरीयतालाई सुनिश्चित गर्न गन्तव्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परीक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यविधिलाई पूर्ण रूपमा पालना गर्ने निर्णय गरेको छ।

त्यस्तै, बन्द सत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि विशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाव पनि दिएको छ।

नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । ‘महासंघको सदस्य बन्नुभएको सवै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको विदितै छ । समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुदै आएको हो,’ उनले भने,‘कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट छैन । हामी हाम्रो व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी राख्दैनौँ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?