सुदूरपश्चिम सामु निरीह रह्यो जनकपुर, ५१ रनमा अलआउट

सुदूरपश्चिम सामु निरीह रह्यो जनकपुर, ५१ रनमा अलआउट
+
-

काठमाडौं- सुदूरपश्चिमले दिएको १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमा समेटिएको छ।

योसँगै सुदूरपश्चिमले ७२ रनको जित हासिल गर्यो। यो सँगै जनकपुरले लिगमा पहिलो हारको सामना गरेको छ।

सुदूरपश्चिमले लिगमा जितसँगै पाँचौं खेलमा चौथो जित निकाल्दै ८ अङ्क बनाएको छ। जनकपुरको पनि ८ अङ्क रहेको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि जोसुआ ट्रम्पले १३ रन बनाउनु सर्वाधिक रह्यो। उनले मात्र दोहोरो स्कोरमा रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

जनकपुरलाई सस्तैमा समेट्ने क्रममा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले २-२ विकेट लिए। त्यस्तै स्कट कुगलिङ्ग, नरेन साउद र साइफ जैबले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।

राम्रो सुरुवातका बाबजुत मध्य क्रम र पछिल्लो क्रमले लगातार विकेट गुमाउँदा सुदुरपश्चिम सामान्य स्कोरमा समेटियो। पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेको उसले थप ६८ रन जोड्द ९ विकेट गुमाएको थियो।  तर मध्यम लक्ष्यमा पनि उसले फराकिलो जित निकाल्न सफल भयो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?