चितवनलाई विराटनगरले हरायो, ‘प्लेअफ’को आशा अन्तिम खेलसम्म कायम

चितवनलाई विराटनगरले हरायो, ‘प्लेअफ’को आशा अन्तिम खेलसम्म कायम
+
-

काठमाडौँ – विराटनगरले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ। योसँगै विराटनगरले आफ्नो ‘प्लेअफ’ सम्भावनालाई अन्तिम खेलसम्म धकेलेको छ। विराटनगरसँग ५१ रनले हारेको चितवनलाई भने सहज ‘प्लेअफ’का लागि मुस्किल बढेको छ।

शुक्रबार भएको दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर किंग्सले चितवन राइनोजलाई १ सय ८२ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो। चितवनका लागि अमर रौटेलाले ४२ रन बनाउनु सर्वधिक रह्यो। उनीबाहेक कुशल मल्लले २५ रन बनाउँदा रवि बोपराले २० रन बनाए। त्यस्तै, सन्तोष कार्कीले २८ रन बनाए।

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा क्रिस सोले, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान १–१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।

विराटनगरका लागि बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाउँदा उनलाई राजेश पुलामीले २० बलमा १ चौका र ३ छक्काको सहयोगमा ३३ रनमा अविजित साथ दिए। यी दुईबाहेक मार्टिन गुप्टिलले ४५ रन बनाएका थिए।

चितवनका लागि रिजन ढकालले २ विकेट लिँदा सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले समान १–१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?