
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेअफ’ दौड कायम राख्ने प्रयासमा रहेका दुइ टोली पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजबीचको दिनको पहिलो खेलमा काठमान्डुले टस जितेको छ।
कप्तान करण केसीले टस जितेपछि पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। टीयू मैदान, कीर्तिपुरमा केही समयपछि सुरु हुने खेलमा प्लेअफको सम्भावना बलियो बनाउने प्रयासमा दुबै टोली रहेका छन्।
आजको खेलमा पराजित टोलीको ‘प्लेअफ’ सम्भावना कमजोर हुने भएकाले दुबै टिम जित निकाल्ने लक्ष्यमा मैदानमा उत्रिने छ।
पोखरा एभेन्जर्स प्लेइङ ११:
आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, आकर्षित गोमेल, माइकल लिस्क, दिलिप नाथ, नारायण जोशी, विपिन खत्री, आकाश चन्द, सागर ढकाल
काठमान्डु गुर्खाज प्लेइङ ११:
स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, राजु रिजाल, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, नाथन सोटर