
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ।
जनकपुरले १२ रन जोड्दा दुई विकेट गुमाएको हो। जनकपुरका लाहिरु मिलान्थालाई चितवनका सोहेल तनवीरले १ रनमा आउट गरेका हुन्।
यसअघि जनकपुरका कप्तान अनिल साह ८ रन बनाएर आउट भएका थिए। उनलाई चितवनका रिजन ढकालले पहिलो ओभरको छैटौं बलमा आउट गरेका हुन्।
पहिले ब्याटिङ गरेको चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको छ।