सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य

सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य
+
-

काठमाडौँ – अन्तिम खेल बाँकी हुँदै ‘क्वालिफायर’ पुग्ने लक्ष्यमा रहेको सुदूरपश्चिमले पोखरासमक्ष जितका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको स्कोर तयार गर्‍यो।

सुदूरपश्चिमले खराब सुरुवातबीच मध्यक्रम सम्हालिँदा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो। सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको अविजित इनिङ्स खेले। उनले ३८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेका थिए।

७० रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए।

ऐरी १६ बलमा २० रन बनाएर आउट भएका थिए। त्यसअघि विनोद भण्डारीले १४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले २३ रन बनाएका थिए। त्यस्तै, हर्मित सिंह १३ रनमा आउट भए।

पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिँदा रेमन रेइफर, सागर ढकाल र माइकल लिस्कले समान १–१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?