
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले ३७ रन जोड्दा २ विकेट गुमाएको छ।
पोखराले दोस्रो विकेटको रुपमा कप्तान कुशल भुर्तेललाई गुमाएको छ। उनी शून्य रनमै आउट भए।
यसअघि दिनेश खरेल १५ रन बनाएर आउट भएका थिए। उनीहरु दुवै जनालाई सुदूरपश्चिमका स्कट कुग्लेइनले आउट गरेका हुन्।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पोखरालाई १५४ रनको लक्ष्य दिएको छ।