
काठमाडौं- पूर्वमन्त्री पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय लगिँदै छ।
सोमबार बिहान निधन भएका सिंहलाई सानेपास्थित पार्टी कार्यालयमा लैजान लागिएको कांग्रेस निकट स्रोतले जानकारी दिएको छ।
उनी काठमाडौंका पूर्वमेयर समेत हुन्। २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका उनी कांग्रेसमा सक्रिय नेता थिए।
तर, २०६३ पछि कांग्रेसको राजनीतिबाट वितृष्णा जागेर उनी निष्कृय भएर बसेका थिए।
पछिल्लो समय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको घरमा बस्दै आएका उनको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।
उनलाई श्रद्धाञ्जली दिन काठमाडौं महानगरका मेयर बालेन शाह, सुनिता डंगोललगायत निवासमा पुगेका थिए। उनको निधनको शोकमा काठमाडौं महानगरपालिकाले शोक विदा दिएको छ।
यो पनि: