देशसञ्चार चौतारीमा भाग - ७५

आत्मकथा केवल आत्मरति हो…

+
-

उद्यमी बसन्त चौधरी आफूलाई व्यापारीभन्दा बढी कवि ठान्छन्। कुनै समय उनले प्रकाशन व्यवसायमा पनि हात हालेका थिए। अहिले उनी काठमाडौँको एक प्रसिद्ध ‘नर्भिक अस्पताल’ चलाउँछन् तर त्योभन्दा बढी साहित्य र सिर्जनामा अनेकौँ आयाममा आफूलाई व्यस्त राख्छन्।

तिनै बसन्त चौधरी देशसञ्चार चौतारीको यसपटकको श्रृंखलामा अतिथि बनेका छन्।

देशसञ्चार चौतारीको लामो कुराकानीमा उनले आफ्नो व्यवसायिक यात्रासाथै संवेदनशील मनको बारेमा पनि खुलेर बोलेका छन्।

व्यापारका क्रममा थुप्रै सम्झौताहरु गर्नुपरेको उनले अन्तर्वार्ताका क्रममा खुलाए। ‘व्यापारिक घरानाको मान्छेले सरकारसँग अलिकति बचेरै काम गर्नुपर्छ,’ उनले कुराकानीका क्रममा भने।

संवेदनशीलता सबैसँग हुने तर त्यसलाई आफूले फरक माध्यमले व्यक्त गर्ने उनले बताए। ‘व्यापारमा चट्टानजस्तो दिमाग चाहिन्छ, तर साहित्य मुटुको भाषामात्रै बुझ्छ,’ उनले भने।

उनले आफूलाई व्यापारले कहिल्यै आकर्षण नगरेको बताए। ‘दसवटा व्यापारले नदिएको आनन्द एउटा मुक्तकले पाउने थपडीले दिन्छ मलाई,’ उनले भने।

बाँचेकै समयमा विभूतिहरुलाई सम्मान गर्न लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर खोलेको पनि उनले बताए। पत्रकारिताको आफ्नो बाँकी रहेको प्यास मेट्न अहिले पनि युट्युब श्रृंखला चलाइरहेको उनले बताए। ‘अहिले म व्यापारमा पनि खासै सक्रिय छैन धेरैजसो समय कलाकारितामै हुन्छु,’ उनले भने।

बुवाको उपचारका लागि दिल्ली जाँदा भोगेको पीडा महसुस गरेर आफूले देशमै सुविधासम्पन्न अस्पतालको अवधारणा ल्याएको उनले बताए। ‘तर नेपालमा केही व्यक्ति हाँच्छ्यु आउँदा पनि विदेश जान्छन्,’ उनले भने।

नेपालमा पनि हुन नसक्ने केही उपचारका लागि भने विदेश जानु उपयुक्त नै रहेको उनले बताए।

निजी क्षेत्रका अस्पतालप्रति सरकारको दृष्टिदोष रहेको उनले बताए। निजी क्षेत्रका अस्पताल पनि सेवाभावकै कारण खुल्ने र त्यो सरकारले बुझ्नुपर्ने उनले बताए। नेपालमा स्वास्थ्यबिमाले पूर्णता नपाउँदा आमजनता आधारभूत स्वास्थ्यसेवाबाट बञ्जित भएको उनले बताए।

बागमती सफाइमा २५ वर्षअगाडि नै लागे पनि अहिलेसम्म पनि बागमती सफाइ हुन नसकेको उनले बताए। ‘आमा बितेपछि बागमती सफाइको अभियान गरे पनि बागमतीको अवस्था जस्ताको तस्तै छ,’ उनले भने।

बागमती नदीको दुवैतिर ड्रेनेज नराखेसम्म यो सफा हुने सम्भावना नरहेको पनि उनले बताए।

आफूमा व्यापारको कठोरता नआएको पनि उनले बताए। ‘घरमा द्वन्द्व भएपछि एक दिन मैले चौधरी ग्रुप छाडेर विज्ञापन एजेन्सी नै खोलेँ,’ उनले भने। आफूले किताब लेखिरहेको

उद्यमी तथा कवि बसन्त चौधरीसँग गरिएको देशसञ्चार चौतारीको विस्तृत:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?