
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘एलिमिनेटर’ अन्तर्गत जित्नु पर्ने दबाब रहेको खेलमा चितवन विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीलाई ३५ रन जोड्दा २ विकेट गुमाएको छ।
दोस्रो विकेटका रुपमा जेसन मक्सुद १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएर आउट भए। उनलाई सरद भेषवाकरले रञ्जित कुमार द्वारा क्याचआउट गराएका थिए।
त्यसअघि कर्णालीका ओपनर रित गौतम शुन्य रनमा टिमको स्कवरु ६ रन हुँदा पेभिलियन फर्किए। उनी १.१ ओभरमा सोहिल तन्विरको बलमा विपिन्न रावल द्वारा क्याचआउट भएका थिए।