
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश भिडन्तका रुपमा रहेको पहिलो क्वालिफायरमा जनकपुरले सुदूरपश्चिमलाई १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो। जनकपुरका लागि जिमी निसमले २३ बलमा ४५ रनको विष्फोटक इनिङ खेले।
उनले आफ्नो इनिङमा समान ३ चौका र छक्का प्रहार गरेका थिए। उनी बाहेक थप दोहोरो स्कोरका रुपमा कप्तान आसिफ शेखले ११ रन बनाउँदा लाहिरु मिलन्था १२ रनमा आउट भए।
त्यस्तै शुभ कंसकार २६ रनमा आउट हुँदा हर्ष थकर १२ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै अरनिको यादव ११ रनमा आउट भएका थिए। सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिंदा साइफ जइबले २ विकेट हात पारे।
त्यस्तै स्कट कुग्लिङ् र अभिनाष बोहराले समान १-१ विकेट लिए।