सात महिनादेखि शिक्षकले पाएका छैनन् तलब

विद्यालयमा पठन-पाठन नभएपछि विद्यार्थीले गरे नगरपालिकामा आगजनी

विद्यालयमा पठन-पाठन नभएपछि विद्यार्थीले गरे नगरपालिकामा आगजनी
+
-

वीरगञ्ज- पर्साको बहुदरमाई नगरपालिकाको कागजात तथा फर्निचरहरुमा विद्यार्थीले आगजनी गरेका छन्। नगरपालिका अन्तर्गतका विद्यालयमा पठन-पाठन नभएपछि विद्यार्थीहरूले वडा नम्बर ४ बहुवरीस्थित नगरपालिका कार्यालयमा रहेका कागजात र फर्निचरहरूमा आगो लगाएका हुन्।

विद्यार्थीको समूहले नगरपालिका कार्यालयमा रहेका कागजात र फर्निचरहरू कार्यालय बाहिर निकालेर आगो लगाएका छन्।विद्यालयमा शिक्षकहरू उपस्थित नभएको तथा पठन-पाठनमा समस्या भएको बताउँदै विद्यार्थीहरू आक्रोशित बनेका हुन्।

उनीहरूले जनप्रतिनिधिलाई खोज्दै बिहीबार नगरपालिका कार्यालय पुगेका थिए। सो क्रममा उनीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। विद्यालयमा नियमित रूपमा शिक्षक हरु हाजिर हुनुपर्ने, नियमित रुपमा पठन-पाठनको ब्यवस्था हुनुपर्ने, शिक्षकहरू अनियमित रुपमा विद्यालयमा आउने गरेको समस्या समाधान हुनुपर्नेलगायतका माग लिएर उनीहरू नगरपालिका पुगेका थिए। सोही क्रममा आगजनी गरेका हुन्।

बिगत सात महिनादेखि नगरपालिकाका विद्यालयमा कार्यरत रहेका शिक्षक हरुले तलब पाएका छैनन्। सोही कारण शिक्षकहरू पनि नियमित रूपमा विद्यालय जान छाडेका छन्। नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबिच विवाद रहेका कारणले नगरपालिकाले आर्थिक वर्ष सुरु भएको तीन महिना ढिलो गरी गत कार्तिकमा चालु आवको बजेट ल्याएको थियो। तर बजेट खर्च गर्न दिने विषयलाई लिएर जनप्रतिनिधि र कर्मचारीबिच फेरि विवाद उत्पन्न हुँदा हालसम्म पनि बजेट खर्च भएको छैन। जसले गर्दा नगरपालिकामा कार्यरत कर्मचारीहरूले तलब भत्ता पाएका छैनन्।

नगरपालिकामा विकास निर्माणका कामहरू पनि रोकिएका छन्। विद्यार्थीहरू आक्रोशित बनेपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?