गण्डक नहरको क्षतिग्रस्त पुलबाट दैनिक हजारौंले गर्छन् जोखिमपूर्ण यात्रा

गण्डक नहरको क्षतिग्रस्त पुलबाट दैनिक हजारौंले गर्छन् जोखिमपूर्ण यात्रा
+
-

वीरगञ्ज- गण्डक नहरमा रहेको भासिएको पुलबाट दैनिक जोखिम मोलेर हजारौं सर्वसाधारण तथा यात्रुहरू आवत जावत गर्न बाध्य भएका छन् ।

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने तिलावे नदिमाथि बनेको गण्डक नहरको भासिएको पुलबाट स्थानीयहरु जोखिम मोलेर आवत जावत गर्दै आएका हुन् ।

नहरमा रहेको पुरानो पुल गएको भदौमा भासिएको थियो। समान्य बाढीमा पनि पुरानो पुल भासिएको हो । सो पुलमा रहेको एउटा पिल्लर भासिएर क्षतिग्रस्त भइसकेको छ । पिल्लर क्षतिग्रस्त भएपछि पुल नै अहिले कुनै पनि बेला टुटेर खस्ने अवस्थामा छ । तर पिल्लर टुटेर खस्नै लागेको पुलबाट नै यात्रुहरू: पैदल, साइकल र मोटरसाइकलमा आवत जावत गर्दै आएका छन् ।

दैनिक रुपमा अहिले हजारौंको संख्यामा पैदल तथा साइकल, मोटर साइकल यात्रुहरु भासिएको क्षतिग्रस्त अवस्थामा रहेको पुल प्रयोग गरेर नै आवतजावत गरिरहेका छन् । गण्डक नहरको बाटो भएर सदरमुकाम वीरगञ्जलाई ठोरीसम्म जोड्ने गरेको छ । गण्डक नहर कै बाटो प्रयोग गरेर सदरमुकामसम्म आवतजावत गरिने मुख्य बाटो नहरकै भएकोले उक्त बाटोमा रहेको क्षतिग्रस्त पुलबाट नै जोखिम मोलेर यात्रुहरु आवतजावत गर्दै आएका हुन् ।

क्षतिग्रस्त पुलबाट आवत-जावत गर्दा पुल टुटेर ज्यानै जाने जोखिम भएपनि आवतजावत गर्न स्थानीयले छोडेका छैनन् । एकले अर्कोलाई देखेर क्षति ग्रस्त पुलबाट नै सर्ब सधारणहरु यात्रा गर्दै आएको वीरगञ्ज महानगरपालिका- २७ का रमन दासले बताए ।

यात्रा गर्दा जोखिम रहेको भएपनि पुल बाहेक अर्को विकल्प नभएकाले बाध्यताका साथ हजारौं यात्रुहरुले क्षतिग्रस्त पुलबाट नै आवतजावत गरिरहेको उनले बताए । पचासौं वर्ष पुरानो पुलको मर्मतसमेत नभएकाले पुलको पिल्लर दुई टुक्रा भएको दासको भनाइ छ ।


पुल क्षति ग्रस्त भएपछि केही महिना पहिले पुल नजिकै बैकल्पिक बाटो बनाइएको छ ।

नदीको पानीमाथि ह्युम पाइप राखी माटो पुरेर बनाइएको बाटो प्रयोग गरेर ठूलो गाडीहरू ओहोरदोहोर गर्ने गरेका छन् । गाडीको चाप बढी भएकोले खेतीपातीको लागि खेतमा जान पनि थुप्रै किसनहरु लामो दूरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दासले बताए । पुल क्षति भएर कुनैपनि बेला टुट्न सक्ने भएपनि जनप्रतिनिधि र नेता कसैले पनि पुल बनाउनमा पहल नगरी निरीक्षण मात्रै गर्न आउने गरेको उनको भनाइ छ ।

पुल क्षति ग्रस्त भएपछि पुलको दुवै तिर माटो राखेर आवतजावत बन्द गरिएको भएपनि यात्रुहरु पनि अटेरी गरेर टुटेकै पुलबाट यात्रा गर्ने गरेका छन् । नहरको भासिएको पुल:निर्माणका लागि सिंचाइ विभागबाट टोली आएको र निरीक्षणपछि पुलको बारेमा निर्णय गरिने नारायणी सिंचाइ ब्यवस्थापन कार्यालय वीरगञ्जका इन्जिनियर सुरेश साहले जानकारी दिए ।

मानिस हरुलाइ पुल नजिकै बनाइएको डाइभर्सनबाट आवतजावत गर्न बोर्ड लगाइएको भएपनि अटेर गरेर मानिसहरु क्षतिग्रस्त पुलबाट नै आउने जाने गरेको उनले बताए । गण्डक नहरको निर्माण भएकै बेलामा नहरको बाटोमा पर्ने तिलावे नदिमा पुल निर्माण गरिएको थियो । धेरैं पुरानो पुल भएपनि मर्मत-सम्भारसमेत नहुँदा तिलावे नदीको पुल भासिएको हो । सन् १९७५-७६ गरी दुई चरणमा निर्माण सम्पन्न गरी गण्डक नहर नेपाल सरकारलाई हस्तानान्तरण गरिएको थियो ।

पर्साको जगरनाथपुर गाउपालिकाको जानकी टोलदेखि सुरु भएको गण्डक नहर बारा जिल्ला हुँदै रौतहटसम्म कुल ८१ किलोमीटरको छ । नहरमा धान र गहुँ बालीको सिंचाइका लागि भारतले ८५० क्युसेक पानी छोडनुपर्ने सम्झौता नेपाल र भारत बीच रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?