फोहोरमैला व्यवस्थापनमा इन्दौर ‘मोडेल’

फोहोरमैला व्यवस्थापनमा इन्दौर ‘मोडेल’
+
-

नेपालको संविधानको धारा ३० () माप्रत्येक नागरिकलाई स्वच्छ स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछभन्ने उल्लेख छ। स्वच्छ स्वस्थ वातावरणको लागि फोहोरमैला व्यस्थापन अत्यावश्यक हो। तर, बढ्दो शहरीकरण, सीमित कमसल पूर्वाधार,व्यवस्थित फोहर संकलन प्रणालीको अभाव ,फोहर वर्गीकरणको कमी, डम्पिङ साइटको भार, जनचेतनाको अभाव, कमजोर नीति कार्यान्वयन आदि कारणहरुले नेपालको शहरी क्षेत्रमा फोहोर व्यवस्थापनले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ।

नेपालको संविधानको अनुसूची () मा सरसफाई स्थानीय सरकारको अधिकार भन्ने उल्लेख छ। साथै, यसलाई टेकेर बनेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को नियम ११ () मा स्थानीय सरकारले सरसफाई सचेतनाको अभिवृद्धि फोहोरमैलाको व्यवस्थापन, संकलन, सेवाशुल्क निर्धारण, नियमन, व्यवस्थापन, प्रशोधन, पुनःप्रयोग, बिसर्जन, जनचेतना लगायतका कार्यहरु पर्छन्। त्यसर्थ, प्रभावकारी फोहोरमैलाको व्यवथापनको प्रमुख जिम्मेवारी र अधिकार स्थानीय सरकारहरुकै हो।  

केही समयअगाडि देशकै सबैभन्दा लोकप्रिय मेएर काठमाडौँका बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा फोहोरमैला व्यवस्थापनमा भारतको इन्दौर शहरको उल्लेख गर्दै लेखेका थिए, हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो।तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ। त्यहाँका असफलतानि हेर्‍यौँ। त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ। फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमूना थियो।अनि काठमाडौँ बाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडलमा काम गर्न खोज्दै हुनुहुन्छ ।’

मेएर बालेन्द्र शाहको सो भनाइले के पुष्टि हुन्छ भने, इन्दौर नगर निगम (नगरपालिका) ले फोहोर व्यवस्थापनमा हासिल गरेको सफलता काठमाडौँ महानगरपालिका लगायत देशका अन्य महानगरपालिका, उपमहानगरपालिका नगरपालिकाहरुको लागि उपयुक्त नमुना हुनसक्छ। 

इन्दौरमोडेल‘ 

इन्दौरको फोहर व्यवस्थापनको सफलता समावेशी दिगो दृष्टिकोणमा आधारित छ। इन्दौरले प्रभावकारी फोहर वर्गीकरण प्रणाली अपनायो, जसले फोहरलाई श्रोतमै भिजेको, सुख्खा, वा हानिकारक श्रेणीमा विभाजन गर्यो। यस अभ्यासलेरिसाइकलकम्पोस्टिंगप्रक्रियालाई उल्लेखनीय रूपमा सहज बनायो। साथै, जनचेतना अभिवृद्धि, आवश्यक पूर्वाधार निर्माण नागरिक जिम्मेवारी आदिले थप महत्त्वपूर्ण प्रभावकारी भूमिका निर्वाह गर्‍यो। 

इन्दौर विगत ७ बर्ष देखिन भारतको सबैभन्दा सफा शहरको उपाधि पाउन सफल भएको छ। भारत सरकारको आवास तथा शहरी मामिला मन्त्रालयले प्रदान गर्ने ‘स्वच्छ सर्वेक्षण पुरस्कार’ सन् २०१६ देखि लगातार इन्दौर शहरले प्राप्त गर्न सफल भईराखेको छ। उच्च फोहोर र प्रदूषणमा जेलिएको इन्दौर कसरी भारतकै सबैभन्दा सफा शहर बन्न सफल भयो?

इन्दौरको फोहर व्यवस्थापनको सफलता समावेशी र दिगो दृष्टिकोणमा आधारित छ। इन्दौरले प्रभावकारी फोहर वर्गीकरण प्रणाली अपनायो, जसले फोहरलाई श्रोतमै भिजेको, सुख्खा, वा हानिकारक श्रेणीमा विभाजन गर्‍यो। यस अभ्यासले ‘रिसाइकल’ र ‘कम्पोस्टिंग’ प्रक्रियालाई उल्लेखनीय रूपमा सहज बनायो। साथै, जनचेतना अभिवृद्धि, आवश्यक पूर्वाधार निर्माण र नागरिक जिम्मेवारी आदिले थप महत्त्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्‍यो। 

इन्दौरको सफलताका मुख्य कारणहरु

) घरदैलो फोहर संकलन: इन्दौरले १००% घरदैलो फोहर संकलनलाई प्राथमिकता दियो। जसले सडक छेउमा फोहर थुपार्ने चलनलाई पूर्णरूपमा हटायो। यसका लागिजीपीएस ट्र्याकिङ सिस्टम’ जडित ८५० ओटा सवारी साधनहरूको परिचालन गर्यो। निकट भविष्यमै त्यस्ता फोहोर संकलन गर्ने गाडीहरु सबै बिजुलीले चल्ने बनाउने इन्दौर नगरपालिकाको लक्ष्य छ। दैनिक (औसतमा) ६९२ टन भिजेको, ६८३ टन सुक्खा १७९ टनप्लास्टिकफोहोर गरि कुल १५५४ टन फोहोर संकलन हुने गरेको छ। तुलनाको लागि काठमाडौँको दैनिक औसत फोहोर १२०० टन  ,बिराटनगरको २५० टन पोखराको १८५ टन हो। ठुलो मात्रामा सडक वा नदिमा फोहोर फाल्नेलाइ भा.रु ५०,००० देखिन लाख सम्म जरिमाना कडाइका साथ लागु भयो। 

) श्रोतमा फोहर वर्गीकरण: फोहोर उठाउने गाडीकोनै तीन ओटा विभाजन गरियो जस कारण फोहरलाई श्रोतमै  भिजेको, सुख्खा, हानिकारक प्रकारमा छुट्याउन सहज भयो। साथै, जैविक फोहरलाईकम्पोस्ट सुख्खा फोहरलाई पुन: प्रयोगयोग्य सामग्रीमा परिणत गर्न मद्दत गर्यो। फोहोरलाइ आगो लगाउनेलाइ भा.रु १०,००० जरिमाना नगरपालिकाकै कर्मचारीले फोहोर जलाए जागिर बाट सिधै बर्खास्त जस्ता कडा नियम पनि लागु गर्यो।  

ग) नागरिकको सहभागिता: बर्षौ देखिन इन्दौरका नागरिकहरू फोहर वर्गीकरण, रिसाइकलिङ, सही तरिकाले फोहर फाल्ने महत्त्वबारे पूर्णरूपले सचेत थिएनन्, जसका कारण कम जनसहभागिता फोहर व्यवस्थापनका नियमहरूको व्यापक अनदेखी भएको थियो। जसलाई मध्य नजर गर्दै इन्दौर नगर निगमलेस्वच्छता ही सेवाजस्ता अभियान सुचारु गर्यो, जसले गर्दा जनतालाई आफ्नो शहरको सफाइप्रति जिम्मेवार बनाउन उत्प्रेरित गर्यो। स्वयंसेवक, विद्यालयहरू, स्थानीय व्यवसायहरूले यी प्रयासलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेले। फोहर वर्गीकरण सफाइको महत्त्वबारे जनचेतना फैलाउन स्थानियसेलिब्रेटी‘, विद्यालयहरू धार्मिक गुरु/संस्थाहरूलाई समावेश गरेर धेरै जनचेतना मुलक अभियानहरूको सुरुआत गर्यो। यसले समग्र समुदायको सहभागिता फोहर व्यवस्थापन कार्यहरुको सफलतामा महत्वपुर्ण भूमिका खेल्यो।

घ) निजीसार्वजनिक साझेदारी: इन्दौरले निजी क्षेत्रका संस्थाहरूसँग सहकार्य गर्दै फोहर व्यवस्थापनमा नवप्रवर्तन   दक्षता ल्यायो। यस सहकार्यले फोहरदेखि ऊर्जा उत्पादनका लागि आधुनिक प्रविधिहरू, जस्तै बायोसीएनजी प्लान्ट प्रयोगमा आयो। अहिले इन्दौरले दैनिक २० टन बायोसीएनजी उत्पादन गर्छ जसले बार्षिक भा.रु करोड नगरपालिकाले कमाउछ। निजि साझेदारसंग मिलेर नगरपालिकाले कम्पोस्ट मलको कारखाना संचालनमा ल्याएको जसले पनि नगरपालिकालाइ थप आम्दानीको श्रोत बनेको छ। साथै, नगरपालिकाले भिजेको सुक्खा फोहोर निजि क्षेत्रलाई बेचेर बार्षिक भा.रु करोडको आम्दानी गर्दै आएको छ।  

ङ) राजनीतिक इच्छाशक्ति नेतृत्व: स्थानीय नेतृत्वको दृढ अठोटले नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सुनिश्चित गर्यो। इन्दौर नगर निगमले पारदर्शिता जिम्मेवारी प्रस्तुत गर्दै उदाहरणीय भूमिका निर्वाह गर्यो। इन्दौरका स्थानिया नगर निगमको नेतृत्व प्रशासनको  दृढ इच्छाशक्तिले फोहर व्यवस्थापनका लागि स्पष्ट प्रभावकारी नीतिहरू निर्माण गर्न मद्दत पुर्यायो। स्थानीय सरकारले यस क्षेत्रको सुधारका लागि योजनाहरू बनाई ती योजनाहरूलाई सही समयमा लागू गर्न प्राथमिकता दिएको कारणले इन्दौरले फोहोर व्यवस्थापनमा ठुलो सफलता पायो। 

च) फोहोर देखिन मोहोर: माथि उल्लेख गरेको जस्तै इन्दौर नगरले बायोसीएनजी बाट बर्षमा भा.रु करोड आम्दानी गर्छ भने आफ्नो सुक्खा भिजेको फोहोर निजि क्षेत्रलाइ बेचेर थप भा.रु करोड कमाउछ।  थप, पुनप्रयोग (रिसाइकल) गर्ने फोहोर बाट बार्षिक भा.रु १०१२ करोडको आमदानी गर्ने रहेछ। साथै, फोहोर बाट बिजुली निकालेर बार्षिक भा.रु करोड कमाइ हुने रहेछ। यो बाहेक फोहोर उठाको शुल्क जरिमाना बाट थप भा.रु १५२० करोड कमाउने रहेछ। कुल इन्दौर नगर निगमले बार्षिक फोहोर बाट मात्रै औसतमा भा.रु ४५४८ करोड कमाउने देखिन्छ। फोहोर व्यवस्थापनको लागि इन्दौर नगर निगमले बार्षिक भा.रु २०० करोड खर्च गर्ने रहेछ। आफ्नो जनतालाइ स्वच्छ स्वस्थ वातावरणको अनुभव दिन सफल भएको इन्दौर नगर निगम समग्र इन्दौर शहरको लागि यो रकम खर्च भन्दा पनिलगानीभन्दा झन् उपयोगी हुन्छ होला।  

मैले गरेको शोधको अनुसार फोहोर व्यवस्थापनमा हुने खर्च र आमदानीको नियमित लेखापरीक्षण, सार्वजनिक प्रतिप्रतिक्रियाका (सल्लाह/सुझाव/गुनासो) संयन्त्रहरू र गतिशील र चलायमान योजना प्रक्रियाहरुले इन्दौर शहरको फोहोरमैला व्यस्थापनलाइ थप सफल बनाउन मद्दत गर्यो। इन्दौरको सरसफाइ यात्राले देखाउँछ कि राजनीतिक र प्रशासनिक इच्छाशक्ति र दुरदृष्टि, समुदायको संलग्नता, र सहि प्रविधिको संयोजनले शहरी क्षेत्रलाई सफा र जनतालाइ बस्न योग्य अवश्य बनाउन सकिने रहेछ।  

माथि उल्लेखित इन्दौर नगर निगमकाले गरेको सफल अभ्यासहरु हाम्रो पालिकाहरुले पनि अनुसरण गरे भने नेपालको शहरी क्षेत्रहरु पनि सफा हुनेमा कुनै शंका छैन। नगर प्रमुखहरुको दृढ इच्छाशक्ति सहि नीति, नियम अभ्यासहरुलाइ अवलम्बन गर्ने हो भने साचिकैनै नेपाली जनताले संविधानमा उल्लेख भए जस्तैप्रत्येक नागरिकलाई स्वच्छ स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछकागजमा मात्र होइन वास्तविकतामा परिणत हुने   

(शाह राप्रपाका सहायक महामन्त्री हुन्।)  

@SaurendraShah

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?