क्लिनिक वानको तेस्रो शाखा काठमाडाैँको मण्डिखटारमा, के-के पाइन्छ छुट ?

क्लिनिक वानको तेस्रो शाखा काठमाडाैँको मण्डिखटारमा, के-के पाइन्छ छुट ?
+
-

काठमाडौँ- क्लिनिक वानले काठमाडाैँ मण्डिखटारमा तेश्रो शाखा सञ्चालनमा ल्याएको छ। 

यस अघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको क्लिक वानको यो काठमाडाैँ जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो। 

शनिबार उक्त क्लिनिक, ल्याबको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले गरेका हुन्।

उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पुर्याउन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए।

क्लिनिक वानका उप निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताए।

कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ कि वडाध्यक्ष सुनिता त्रिपाठी लगायतले स्वास्थ्य मानिसको जीवनको महत्त्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।

उद्घाटनको अवसर पारेर शनिबारदेखि नै पाँच दिनसम्म नि:शुल्क  स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। डाक्टर परामर्श, इसिजी, युरिक एसिड, सुगर, कोल्स्टोल जाँच निःशुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?