अमेरिकामा बर्ड फ्लुलाई किन मानियो गम्भीर? म्युटेसनका कारण झनै चिन्ता

अमेरिकामा बर्ड फ्लुलाई किन मानियो गम्भीर? म्युटेसनका कारण झनै चिन्ता
+
-

स्वास्थ्य अधिकारीहरू अमेरिकाको लुइसियानामा (एच५एन१) बर्ड फ्लु भाइरसको म्युटेसन भएको प्रकार फेला पारेका छन्। म्युटेड बर्डफ्लु देखिएसँगै स्वास्थ्य कर्मीहरुले यसलाई गम्भीर रुपमा लिनुपर्ने र यो गम्भीर स्वास्थ्य समस्याका रुपमा अघि आउन सक्ने चेतावनीहरु जारी गरेका छन्।

यसले सम्भावित मानवदेखि मानवमा फैलावटको खतरालाई बढाएको जनाइएको छ। भाइरसमा भएका आनुवंशिक परिवर्तनहरूले यसलाई मानवको कोशिकासँग अझ प्रभावकारी रूपमा जोडिन सक्ने बनाउने अनुसन्धानहरुले देखाएको छ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले यो प्रकोपको निगरानी र नियन्त्रणका लागि निरन्तर सतर्कता र रोकथामका उपायहरू अपनाउन जोड दिएको छ।

के भयो?
डिसेम्बर २०२४ मा, रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी) ले रिपोर्ट गरे अनुसार लुइसियानाका एक बिरामी, जसलाई गम्भीर श्वासप्रश्वास सम्बन्धी रोगका कारण अस्पताल भर्ना गरिएको थियो। तिनीमा एच५एन१ भाइरसको रूपान्तरित (म्युटेड) प्रकार फेला पर्‍यो।

फक्स १३ का अनुसार यस वर्ष अमेरिका भित्र यो भाइरसको पहिलो गम्भीर मानव संक्रमित घटना हो। आनुवंशिक विश्लेषणले भाइरसको हेमाग्लुटिनिन (एचए) जीनमा दुर्लभ परिवर्तनहरू देखाएको छ, जसले मानव कोशिकाहरूसँग जोडिन महत्त्वपूर्ण भूमिका खेल्छ।

लुइसियानाका बिरामीमा देखिएका बर्ड फ्लुको म्युटेसन कस्तो हो?
सिडीसीका अनुसार, लुइसियानाका बिरामीमा फेला परेका म्युटेसनहरू तिनका घरका संक्रमित कुखुराबाट लिइएका नमुनाहरूमा देखिएका थिएनन्।

यसले देखाउँछ कि ती परिवर्तनहरू बिरामीको:

यी म्युटेसनहरु किन चिन्ताजनक छन्?
पत्ता लागेका म्युटेसनहरु भाइरसलाई मानव श्वासप्रश्वास मार्गको माथिल्लो भागका रिसेप्टरसँग अझ राम्रोसँग जोडिन मद्दत गर्न सक्छन्, जसले मानवदेखि मानवमा संक्रमणको सम्भावना ह्वातै बढाउँछ। तर, द गार्जीयनका अनुसार, यी परिवर्तनहरू भाइरसको सानो अंशमा मात्र भेटिएका थिए, र यस घटनामा मानिसदेखि मानिसमा फैलावट भएको प्रमाण फेला परेको छैन।

यसै प्रकारको मउत्परिवर्तन यस वर्षको सुरुमा ब्रिटिश कोलम्बियाको एक घटनामा पनि देखिएको थियो, जसले वैज्ञानिकहरूको ध्यानाकर्षण गरेको छ।

चराको फ्लु कसरी फैलिरहेको छ?
मार्च २०२४ देखि, अमेरिका भित्र कम्तीमा ६५ मानव केसहरू रिपोर्ट भएका छन्। फक्स १३ का अनुसार प्रायः संक्रमण संक्रमित कुखुरा वा दुग्धजन्य पशुसँग सम्पर्कमा आएका व्यक्तिहरूमा देखिन्छ। लुइसियानाको घटनामा बिरामीको सम्पर्क बिरामी र मरेका चरासँग भएको थियो।

एच ५ एन १ भाइरसका दुई मुख्य प्रकार:
एच५एन१ भाइरस दुई प्रमुख प्रकारका जेनेटिक संरचनामा फैलिरहेको छ:
डी १.१: यो जंगली चराचुरुंगी र कुखुरासँग सम्बन्धित छ।
बी३.१३: मुख्यतया दुग्धजन्य गाईभैंसीहरूमा पाइन्छ।
लुइसियानाको घटनामा डी १.१ को एक प्रकारका भाइरसका कारण संक्रमण भएको थियो, जुन प्रायः चराहरूको संक्रमणसँग सम्बन्धित हुन्छ, सिडीसीको तथ्यांकअनुसार।

लक्षणहरू के हुन्?
सिडीसीका अनुसार, बर्ड फ्लुका सामान्य लक्षणहरू यस्ता छन्:
मांशपेशीमा दुखाइ
ज्वरो
गम्भीर अवस्थामा श्वासप्रश्वासमा कठिनाई

के सर्वसाधारणलाई जोखिम छ?
स्वास्थ्य अधिकारीहरू तथा सिडीसीले सर्वसाधारणका लागि जोखिम कम छ। तर, कुखुरा वा पशुधनसँग नजिकै काम गर्नेहरू, साथै संक्रमित जनावरहरूको काँचो दूध पिउने व्यक्तिहरू उच्च जोखिममा हुन सक्छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले डिसेम्बरमा राज्यमा बढ्दो घटनाहरूका कारण आपतकाल घोषणा गरेका थिए, जसले सतर्कताको आवश्यकतालाई बल दिएको छ।

के-कसरी नियन्त्रणका उपायहरू गरिँदैछन्?
यस प्रकोपलाई नियन्त्रण र निगरानी गर्न केही प्रयासहरु गरिएका छन्।

जिनोमिक निगरानी:
सिडीसीले राज्यका स्वास्थ्य विभागहरूसँग सहकार्य गरी भाइरसको नमूनाहरू विश्लेषण गर्दैछ र म्युटेसनको ट्रयाक गरिरहेको छ।

रोकथामका उपायहरू:
स्वास्थ्य अधिकारीहरूले बिरामी जनावरहरूबाट टाढा रहन र कुखुराजन्य पदार्थहरू राम्रोसँग पकाउन सुझाव दिएका छन्।

खोपको तयारी:
सिडीसीका अनुसार हाल उपलब्ध खोपका विकल्पहरू सम्भावित प्रयोगका लागि समीक्षा भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?