नेपथ्य यात्रा अब पुस्तकमा, पढ्न विशेष स्किम

नेपथ्य यात्रा अब पुस्तकमा, पढ्न विशेष स्किम
+
-

काठमाडौं- संसारभर फैलिएका फरक–फरक नेपाली पुस्ताबीच नेपथ्य संगीतकर्ममा स्थापित नाम बनिसकेको छ ।  जन्मिएको साढे तीन दशकपछि अब भने यो ब्याण्ड सुनिने मात्र होइनपढिने सामग्रीका रुपमा पनि पाठकमाझ उपस्थित हुँदै छ । 

नेपाली श्रोता–दर्शकहरूले अत्यधिक मन पराएको सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तकको अग्रिम बुकिङ योजना सन् २०२५ को प्रारम्भकै दिन खुला हुँदै छ । 

 हामीले आजसम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदैआएका छौं,’ ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, तरआजसम्म नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।’

 पुस्तकमा नेपथ्यको जन्मउतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिन्छ । संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरूको जानकारी पनि यसले समेटेको छ। पुस्तकमा ब्याण्डका उज्याला पक्षहरू मात्र नभई जानीनजानी भएगरेका अँध्यारा पाटाहरू र सिकाइ पनि इमादारीसाथ प्रस्तुत गर्ने आँट देखाइएको छ ।   

 नेपथ्य ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन् ।  लेखक गिरीको अनुवादमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन् । साथै उनी ‘वीरगंज: मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन् ।   

विद्यार्थी कालमा ब्याण्डको प्रशंसकत्यसपछि कला पत्रकार हुँदै कालक्रममा नेपथ्यको नजिक बस्ने अवसरले मलाई ब्याण्डका धेरै पाटोबारे परिचित हुने मौका दियो,’ गिरीश भन्छन्, आफूले थाहा पाएका कुरामा थप खोजी र अध्ययन मिसाएर नेपथ्य पुस्तक तयार पारेको छु ।’

 गैरआख्यानको जीवनी विधामा उभिएको पुस्तकले नेपथ्य ब्याण्डको अन्तरंग कथा त भन्छ नैनेपाली संगीतको एक कालखण्ड –कलाखण्ड अध्ययन गर्न चाहनेहरूका लागि पनि उपयोगी खुराक दिने अपेक्षा गर्न सकिन्छ ।   

सन् २०२२ मा नेपथ्यले महिना दिनभन्दा बढी अवधि लगाएर देशभर सांगीतिक यात्रा गरेको थियो । यो पुस्तकले पाठकलाई ब्याण्डसँगै त्यो यात्रामा सरिक गराउँछ भने हरेक स्थानसँग जोडिएका अनुभव र भोगाइहरूको माध्यमबाट ब्याण्डकै जीवनी अनि उसका सिर्जनाहरूको पनि कथा भन्दै जान्छ ।

यो पुस्तकलाई पब्लिकेसन नेपालयले तयार पारेको हो ।

 यो वर्ष नेपालय र नेपथ्य एकअर्कासँग मिलेर अघि बढेको २५ वर्ष मनाउने अवसर पनि जुरेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपालयले आफूलाई नेपाली वांगमयसँग जोड्ने हिसाबले पब्लिकेसन नेपालयको थालनी गरेको पनि २० वर्ष पुगेको मौका पारेर नेपथ्य पुस्तक आउनुलाई उत्सवकै रूपमा लिएका छौं ।’

नेपालयले नारायण वाग्लेको ‘पल्पसा क्याफे’ उपन्यासका माध्यमबाट २० वर्षअघि प्रकाशन गृह सुरु गरेको थियो ।  त्यस पुस्तकबाटै नेपाली साहित्यको बजारले विस्तारित नयाँ मोड लिएको भनेर विभिन्न अध्येता तथा समीक्षकहरूले उल्लेख गरिरहेका छन् ।

 नेपथ्य पुस्तकबाट हामीले नेपाली प्रकाशनको बजार व्यवस्थापनमा फेरि एउटा नयाँ मार्गको सम्भावना खोज्ने प्रयास गरेका छौं,’ पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसपाला पाठकहरूसम्म पुस्तकको सहज पहुँच स्थापना गर्न नौलो योजनासहित हामी अघि बढ्दै छौं ।’

 नेपथ्य ब्याण्डको वेबसाइट www.nepathya.com.np मार्फत परिचालन हुने यो योजनामा अग्रिम बुकिङका लागि १३ वटा फरकफरक स्किम उपलब्ध हुनेछ । योजनामा सरिक पाठकले केवल २५ रुपैयाँ तिरेर पनि पुस्तक हात पार्न सक्नेछन्  जबकि उही पुस्तक खरिद गर्नेले दुई हजार २५ रुपैयाँ पनि तिर्न सक्नेछन् । झट्ट सुन्दा कम मूल्य तिरेर पुस्तक खरिद गर्ने पाठक धेरै भाग्यमानी लागे पनि उक्त पुस्तकका लागि बढी मूल्य तिर्ने पाठकलाई पनि उत्तिकै लाभान्वित बनाउने हिसाबले योजना तय गरिएको छ । योजनामा सरिक पाठकहरूले घरमै बसेर पुस्तक सार्वजनिक हुने मिति अगावै आफ्नो प्रति प्राप्त गर्नेछन् ।

 यो नौलो योजनाबाहेक मुलुकका प्रमुख पुस्तक पसलहरूमा पनि यो किताब सार्वजनिक भएपश्चात् उपलब्ध गराइनेछ ।  नेपथ्यको नेपथ्य कथा रहेको, ‘नेपथ्यलोकप्रिय यात्राको अन्तरंग’ २०२५ को फेब्रुअरी महिनामा सार्वजनिक हुनेछ ।  ३५२ पृष्ठको पुस्तकको मूल्य ८१५ रुपैयाँ छ ।  

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?