
वीरगन्ज – पर्सा,बारा रौतहट लगायत मधेस प्रदेशका जिल्लाहरुमा चिसो बढदै गएको छ। पछिल्लो तीनचार दिन देखि मधेसका जिल्ला हरुमा चिसो बढन थालेको छ । पछिल्ला दिनमा बिहानैदेखि बाक्लो कुहिरो लाग्दै आएको छ। बाक्लो कुहिरो दिउँसो सम्म नै रहने गरेकाले मधेसका जिल्ला हरुको जनजीवन प्रभावित हुँदै आएको छ।
चिसोका कारणले बितेको दुई दिनदेखि भने दिनभरी नै जाडो महसुस भइरहेको स्थानीयले बताएका छन ।चिसो बढेर हुस्सु लाग्न थालेकाले चिसोबाट बच्न मधेसका मानिस हरु घुर ताप्न थालेका छन्।
चिसोबाट बच्नको लागि समान्री परिवारदेखि बिपन्न सम्मकाले मधेसमा घुरको आगो ताप्ने गरेका छन ।बिहानदेखि नै जाडो बढी लाग्न थालेकाले बालबालिका देखी,युवा,वृद्धसम्मलाई प्रभावित पारेको वीरगन्ज महानगरपालिका–२७ का स्थानीय जयनाथ महतोले बताए ।चिसोका बिहान बेलुका घरबाट बाहिर निस्कन समेत समस्या हुने गरेको उनले बताए।
चिसोले गर्दा नै अहिले स साना स्कुले बालबालिकाहरुको पठनपाठनमा असर परेको महतोको भनाइ छ ।बिहान एकदमै बाक्लो कुहिरो लागेका कारण नजिकैको बस्तुसमेत हेर्नमा कठिनाइ भइरहेको सवारी चालक हरुले बताएका छ्न्।
चिसो बढेर बाक्लो हुस्सु लाग्न थालेकाले बिहानको मौसममा सवारी चलाउन समस्या हुने गरेको चालकहरु बताउँछन ।दिउँसोको समयमा केही बेर घाम लागेपनि मधेसका जिल्लाहरुमा बिहान बेलुका भने बाक्लो कुहिरो लाग्दै आएको छ ।चिसो र कुहिरोका कारण बिहान बेलुका बजारमा मानिसको चहलपहलमा पनि कमी आएको छ ।