अब दुवै हात पेसमेकरको सहारामा

मदनकृष्ण श्रेष्ठको अटूट मुस्कान

मदनकृष्ण श्रेष्ठको अटूट मुस्कान
+
-

काठमाडौँ— चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य मेसिनको भरमा छ। पार्किनसन्स रोग नियन्त्रणका लागि उनको दिमागमा ‘पेसमेकर’ राखिएको छ।

तर अविचलित उनको अनुहारमा मुस्कान अटुट छ। ९ वर्षअघि उनको दायाँ हातमा पार्किन्सन्स रोगका लक्षण देखिए।

कामसँगै अस्पताल धाए। चार वर्ष अघि माइतिघरस्थित अन्नपूर्ण न्युरो अस्पतालका न्युरोसर्जन डा. बसन्त पन्तको टोलीले बाँया दिमागमा पेसमेकर जोडिदिए र सुस्त बनेको उनको दाँया हात चल्ने भयो।

केही महिना अघि उनले क्यान्सरबाट पत्नी गुमाए। मनमा परेको गहिरो चोट लुकाउने कोशिस गरे। त्यसको सट्टा मुस्कान नै पस्किए दर्शक, आफन्त र साथीभाइका अघि। आफ्नो पेशालाई धर्म ठाने र यात्रा अघि बढाइरहे त्यही मुस्कानका साथ।

पत्नी सिकिस्त परेका बेला पार्किनसन्सका लक्ष्ण उनको बाँया हातमा पनि सरे। तर आफ्ना लागि समय निकाल्न भ्याएनन् उनले।

आइतबार बायाँ हात चलाउन फेरि उनको दिमागमा रहेको पेसमेकरमा अर्को तार जोडिएको छ, पुरानै अस्पतालमा। अस्पतालले निकालेको विज्ञप्ति अनुसार उनको दाँया ग्लोबस पालिडस भन्ने ठाउँमा डिप ब्रेन स्टुमुलेशन (डिबिएस) शल्यक्रिया गरिएको हो।

अनि मुस्कान सहित अप्रेशन थियटरमा पुगेका उनी त्यही मुस्कानका साथ बाहिर निस्केका छन्। उनी भन्छन्, ‘मुस्कानले नै मेरो जीवनको महत्व बढाएको छ। जवसम्म यो रहन्छ तवसम्म जीवन रहन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?