भीम रावलको योजनाः अहिले ‘मातृभूमि जागरण अभियान’, पछि राजनीतिक दल

भीम रावलको योजनाः अहिले ‘मातृभूमि जागरण अभियान’, पछि राजनीतिक दल
+
-

झापा – नेकपा एमालेबाट निष्कासनमा परेपछि पार्टी निर्माणको पूर्वसन्ध्यामा भीम रावलले कोशी प्रदेश केन्द्रित दुई दिने भ्रमण सकेर आइतबार साँझ काठमाडौँ फर्केका छन्।

दुई दिनमा उनलाई भेट्न एमालेबाट कारबाहीमा परेका नेता तथा कार्यकर्ता सुनसरीको इटहरी पुगेका थिए।

एमालेबाट कारबाहीमा परेपछि वैकल्पिक शक्ति निर्माणको तयारीमा जुटेका भीम रावलप्रति प्रदेशका धेरैजनाले भेटेका एमालेको कारबाहीमा परेका झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीले बताए।

रावललाई कोशी प्रदेशमा सहयोग गर्नेहरूमध्येमा उनी पर्छन्। गिरीले देशसञ्चारसँग भने, ‘रावलजीलाई दुई दिन कोशी प्रदेशका विभिन्न व्यक्तिहरूसँग भेटघाट गराएर उहाँ अहिले काठमाडौँ फर्कुनभयो।’

स्वतन्त्र र पार्टीबाट असन्तुष्ट बनेकाहरूको ठूलो जमातले सुनसरीमा गएर रावललाई भेटेका थिए। रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका थिए। तर, एमालेको दबाबका कारण त्यो कार्यक्रम नभएपछि उनले बराहक्षेत्रकै एक होटलमा विभिन्न पार्टीबाट असन्तुष्ट भएकाहरूलाई भेटेका थिए।

एमालेका असन्तुष्ट नेता कार्यकर्ता, दुर्गा प्रसाईका समर्थक, एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता, वीपी कांग्रेसका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ता रावललाई भेट्न सुनसरी गएका गिरीले बताए।

भेटका लागि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई पनि पुगेका थिए। भेटका क्रममा उनले अब हुने स्थानीय तह निर्वाचनको ठिक अगाडि पार्टी निर्माण गरेर चुनावमा होमिने आफ्नो योजना सुनाएका थिए।

तर उनले गठन गर्ने पार्टी ‘वामपन्थी’ नभइ सबै समेट्ने किसिमको हुने उनले आफ्नो योजना सुनाएका थिए। उनले भनेका थिए, ‘कम्युनिष्ट पार्टीका नाममा जनता धेरै ढाँटिए। अब त्यस्तो गर्नु हुँदैन।’ उनले हाललाई ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने र पछि राजनीतिक दल बनाउने योजना रहेको सुनाएका थिए।

नेपालमा पुनः राजसंस्था फर्काइनुपर्छ भन्नेहरूसँग पनि उनले भेटघाट गरेका थिए। आफ्नो भेटका क्रममा उनले राजावादीहरूलाई पनि ‘स्पेस’ दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?