रैथाने बाली संरक्षणका लागि स्थानीय बीउ प्रदर्शनी मेला

रैथाने बाली संरक्षणका लागि स्थानीय बीउ प्रदर्शनी मेला
+
-

मुगु – मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकामा स्थानीय कृषकहरूले उत्पादन गरेका रैथाने बालीका बीउहरूको प्रदर्शनीका लागि मेला आयोजना गरिएको छ।

कार्यक्रम शनिबार खत्याड गाउँपालिका–११ रातापानीमा सम्पन्न भएको थियो, जसले कृषकहरूलाई बीउ ऐँचोपैँचोको प्रोत्साहन गर्दै बालीको विविधता र संरक्षणमा योगदान पुर्याचउन आयोजना भएको थियो।

मेला खत्याड बहुउद्देश्यीय सहकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र ९हेरेन्डेक नेपाल० को संयुक्त आयोजनामा सम्पन्न भएको थियो। सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा आयोजित यस मेलाले स्थानीय कृषकहरूको उत्पादनको प्रदर्शनका साथै बीउ ऐँचोपैँचो कार्यक्रममार्फत रैथाने बालीको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्य राखेको थियो।

प्रदर्शनीमा खत्याड गाउँपालिकाका वडा ८, ९, १० र ११ का कृषक समूहहरूले १०० देखि ४९० प्रकारका रैथाने बीउ तथा कृषि सामग्रीहरू प्रदर्शन गरेका थिए। मेलामा कुल ९ वटा रैथाने बीउका स्टलहरू राखिएका थिए, जहाँ विभिन्न प्रकारका बीउहरूको गुणस्तर र उपयोगिताबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका क्रममा हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नमराज रावतले रैथाने बालीको संरक्षणको महत्वलाई जोड्दै, यस्ता मेलाले कृषकहरूको उत्पादन वृद्धि र कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।

मेला सहभागी कृषकले यस्ता कार्यक्रमहरूले कृषि क्षेत्रमा संलग्न कृषकहरूलाई प्रोत्साहन गर्ने भएकोले हरेक वर्ष यस्ता मेला आयोजना गरिनुपर्ने माग गरे।

रैथाने बालीको संरक्षण र उत्पादकत्व वृद्धिका लागि यस्ता मेलाहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। किसानहरूको मागअनुसार स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिन विशेष पहल गर्नुपर्ने देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?