
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ।
कार्यगत एकता एवम् राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमा उल्लेख छ।
समितिमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र रहेका छन्।
राजनीतिक पार्टीबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा मिल्नेसँग पार्टी एकीकरणका लागि समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति: