ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलमाथि लागेको ठगी मुद्दा कस्तो हो ?

ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलमाथि लागेको ठगी मुद्दा कस्तो हो ?
+
-

झापा – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको छ।

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो।

नेकपा एमालेका मोरङ जिल्ला सदस्यसमेत रहेका अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ।

उनलाई पक्राउ गर्नका लागि प्रहरीले अदालतसमक्ष अनुमति मागेको थियो। मोरङ जिल्ला अदालतले सोमबार पोखरेललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरीले पोखरेलको खोजी तिब्र बनाएको छ। अदालतबाट पक्राउ गर्न अनुमति पाएसँगै प्रहरीले उनको खोजी तिब्र पारेको हो।

सप्तरी घर भएका नेपाल सरकारका पूर्व कर्मचारी बैआलाल चौधरीको छोरीलाई एमबीबीएस पढ्न नाम निकालिदिने भनेर विश्वासमा पारी २०७१ देखि ०७३ बीचमा पटक/पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले पैसा लिएका प्रहरीसमक्ष उजुरी परेको छ।

सो रकम लिएपछि चेकको अर्धकट्टीमा हस्ताक्षर गरेर उनले बैआलालको छोरीलाई नाम निकालिदिने वचन दिएका थिए।

पछि छोरीको नाम ननिस्केपछि पैसा फिर्ता माग्दा उल्टै अनिलले २०७४ असार २५ गते आइतबारको मिति राखेर कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराएको पीडितले उजुरी दिएका छन्।

आफैं उपस्थित भएर जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेपछि बौआलालले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाएका थिए। प्रहरीले हुलाकबाट आएको पत्र बुझेपछि ठगीमा अनुसन्धान अगाडि बढाइएन।

त्यसपछि बौआलाल अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाउँ भन्दै उच्च अदालत पुगेका थिए।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथ प्रकाश अधिकारीको इजलासले भदौ ३१ गते अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुन अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ।

आदेशको पुस ११ गते प्रमाणीकरण भएको छ। प्रमाणीकरण भएपछि अदालतले गरेको फैसलाको पूर्ण पाठसहितको जानकारी प्रहरीमा पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?