कांग्रेस कोशी प्रदेशको सगरमाथा जागरण अभियान झापाको कचनकवलबाट सुरु (तस्बिरसहित)

कांग्रेस कोशी प्रदेशको सगरमाथा जागरण अभियान झापाको कचनकवलबाट सुरु (तस्बिरसहित)
+
-

झापा- नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा बुधबारदेखि कचनकवल-सगरमाथा जागरण अभियान सुरु भएको छ। नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भमा सो अभियान सुरु भएको हो।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरूले अभियान शुभारम्भ गरेका हुन्।

अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिए। अभियानको शुभारम्भ कार्यक्रममा धेरै नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए। उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार, जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्धेश्य राखेर अभियान संचालन गर्न लागिएको जानकारी दिए। अभियानले नेपालको होचो भूभाग कचनकवलको समग्र विकासलाई समेत अगाडि पुर्याउन सहयोग पुग्ने बिश्वास लिइएको छ।

अभियान सात महिनासम्म चल्ने छ। ‘कोशी प्रदेशका १४ वटै जिल्लामा अभियानअन्तर्गत कार्यक्रम हुने छन्’ सभापति थापाले भने,‘कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्त्वलाई अभियानका क्रममा उजागर गरिनेछ, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो।’

संगठन सुदृढीकरण, पार्टीमा गुट–उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजवुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाको विश्वास छ।

अभियानका लागि कचनकवल स्तम्भमा तयारी भइरहेको छ। समुद्र सतहदेखि ५८ मिटर उचाईमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ। अभियान शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?