वाम गठबन्धनको बचाउ गर्दै विश्वप्रकाश

वाम गठबन्धनको बचाउ गर्दै विश्वप्रकाश
+
-

झापा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नं १ का उम्मेद्वार विश्‍वप्रकाश शर्माले नेपालमा कम्युनिष्टहरुको शासन आए पनि कुनै प्रकारको अधिनायकवाद आउने संभावना नरहेको बताएका छन्।

आइतबार झापाको धुलाबरीमा सञ्‍चारकर्मीहरुसँगको अन्तरक्रियामा उनकै पार्टीका शीर्ष नेताहरुले भनेजस्तो अधिनायकवाद वा तानाशाह नेपालमा सर्वसाधारणको चेतनास्तरले पनि सम्भावना नरहेको बताए।

नेपालको कम्युनिष्टहरुले मदन भण्डारीले भनेको ‘जनताको बहुदलीय जनवाद’ अंगिकार गरेको हुनाले आफ्ना शीर्ष नेताहरुले सोचेजस्तो अधिनायकबाद नआउने शर्माको भनाइ छ।

उनले भने, ‘हाम्रा शीर्ष नेताले सिद्धान्तका आधारमा भनेको होला । तर म त्यस्तो सम्भावना देख्दिन । जनताको बहुदलीय जनवादले निजी सम्पत्तिलाई स्वीकार गरेको हुनाले अधिनायकवादको कुनै सम्भावना छैन ।’

नेपालको भूराजनीतिक यथार्थले पनि नेपालका राजनीतिक दललाई अधिनायकवादतर्फ जान नदिने शर्माले बताए। उनले माओवादी अध्यक्ष प्रचण्डले मदन भण्डारीको सिद्धान्त ढिलो गरी बुझेको बताए।

नेपाली कांग्रेसका शीर्ष नेताहरुले कम्युनिष्टहरुको शासन आयो भने अधिनायकवाद आउँछ, बोल्न पाइँदैन, लेख्न पाइँदैन भन्ने जस्ता अभिव्यक्ति आइरहँदा सोही पार्टीका युवा नेता शर्माको यो भनाइ बाहिर आएको हो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’