खुल्यो गौचन हत्याको रहस्य

+
-

काठमाडौं- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत पक्राउ परेपछि गौचन हत्याको थप रहस्य खुलेको छ।

प्रारम्भिक अनुसन्धानपछि गौचन हत्याको कारण उनको निर्माण कम्पनी डाँफे कन्स्ट्रक्सनको सेयर विवाद र वीरगन्ज–विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्का कमिसन विवाद रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको थियो। प्रहरी प्रधान कार्यालयले डीआइजी गणेश केसीको संयोजकत्वमा सीआइबी, महानगरीय अपराध महाशाखा, विशेष ब्युरोका प्रहरी अधिकारी सदस्य रहने छानबिन समिति गठन गरेको थियो।

उक्त समितिले गौचनको हत्यामा लामो समयदेखि भारतमा बस्दै आएका बस्‍नेत र मनोज पुन समूहको संलग्नता रहेको सार्वजनिक गरेको थियो। तर, उक्त घटनामा यसअघि भाडाका मान्छेमात्र पक्राउ गरेकाले योजनाकारलाई पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना भएको थियो।

बस्नेत पक्राउपछि भएको थप अनुसन्धानअनुसार दुई वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेले गौचनको कम्पनी डाँफेमा सेयर पाउने आशामा गौचनलाई २ करोड ५० लाख रुपैयाँ दिएका थिए। त्यतिबेला घैटेंको आफ्नै गजुरमुखी कन्स्ट्रक्सन थियो।

तर, घैंटेंं मारिएपछि समिरमानले सेयरबापत गौचनलाई दिएको २ करोड ५० लाख रुपैयाँमध्ये १ करोड रुपैयाँ आफ्नो भएको दाबी गरेका थिए। समिरमानले गौचनसँग सबै पैसाको सेयर वा पैसा फिर्ताको माग गौचनसँग गरेका थिए।

यसमा गौचनले अटेरी गर्दै आएका थिए। डाँफे कन्स्ट्रक्सनले पाएको हुलाकी मार्ग निर्माण ठेक्कामा पनि समिरको समूहले दुई प्रतिशत कमिसन मागेको थियो। गौचनले एकपछि अर्को शर्त नमानेपछि उनको हत्या गर्नु परेको समिरमानले बताएका छन्। समिरमानले गौचनको हत्यामा कुल १५ जना व्यक्तिको प्रयोग भएको बताएका छन्।

मनोज पुन, लोप्साङ लामा, गंगाप्रसाद लिङदेन, श्याम गोम्बे गुरुङ, अमर राना मगर, रोशन बुढाथोकी र अजय थापा भने फरार छन्। समिरमानले आफ्नो समूहबाट पछिल्लो समय पुन अलग्गिएको बताएका छन्। प्रहरीको दाबीअनुसार समिरमान समूहको नेतृत्व हाल लोप्सांगले गरिरहेका छन्। गौचनको हत्यालगत्तै लोप्सांगले नै प्रहरीलाई फोन गरी घटना आफ्नो समूहले गराएको जिम्मेवारी लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?