उच्चस्तरीय जापानी टोली काठमाडौँमा

+
-

 

काठमाडौँ- बिहीबार हुने दोस्रो चरण संसदीय तथा प्रादेशिक चुनावको पर्यवेक्षणका लागि जापानी उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आएको छ।

जापानका संसदीय मामिला उपमन्त्री इवाओ होर्रिको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बिहान काठमाडौँ आएको हो। प्रतिनिधिमण्डलले बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसादयादवसँग शिष्टाचार भेटवार्ता गरेको छ।

जापानी दूतावासका अनुसार जापानी उपमन्त्रीले बुधबार अपरान्ह निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका अन्तर्राष्ट्रिय पर्यवेक्षक, यहाँस्थित कूटनीतिक समुदाय र दातृ निकायका प्रतिनिधिसँग होटल अन्नपूर्णमा नेपालको संसदीय र प्रान्तीय निर्वाचनबारे अन्तर्क्रियागर्ने कार्यक्रम छ।

जापानी उपमन्त्रीले बिहीबार बिहान र दिउँसो मतदान केन्द्रको भ्रमण गर्ने कार्यक्रम छ । त्यस्तै उनले ललितपुरका मेयर चिरीबाबु महर्जनसँग बिहीबार अपरान्ह ५ः३० मा भेट्ने कार्यक्रम रहेको जापानी दूतावासले जनाएको छ ।

नेपाल भ्रमण पूरा गरी जापानी उपमन्त्री शुक्रबार बिहान स्वदेश फर्कनेछन्। नेपालको पुरानो विकास साझेदार रहेको जापानले यहाँको शान्ति, स्थीरता र लोकतन्त्रका लागि आर्थिक एवं भौतिक सहयोग गर्दै आएको छ।

नेपालको निर्वाचनलाई अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ लिएको पाइन्छ। युरोपेली युनियन (इयु) ले संसदीय तथा प्रान्तीय निर्वाचनमा पर्यवेक्षणका लागि १ सय भन्दा बढी पर्यवेक्षक फिल्डमा खटाइसकेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?