जनकपुरधाम- जनपुरको रेलवे स्टेशनस्थित मतदान स्थल नजिक विहीबार बिहान झडप भएको छ।
वामगठबन्धनबाट धनुषा क्षेत्र नम्बर ३ को उम्मेद्वार रामसिंह यादवले राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य तथा धनुषा-३ का उम्मेद्वार राजेन्द्र महतोलाई गालीगलौज गर्न थालेपछि समर्थकहरुबीच झडप भएको हो।
प्रतिनिधिसभाका उम्मेद्वार यादवले अर्को उम्मेद्वार महतोको अनुपस्थितिमै गाली गर्न थालेपछि केहीबेर अवस्था तनावपुर्ण भएको देखियो। मतदानस्थलनजिकै एक उम्मेदवारले अर्को उम्मेदवारलाई गालीगलौज गर्न थालेपछि स्थानीय र समर्थक मतदाताहरु प्रभावित भएको अवस्था देखिएको छ।
मतदानस्थलभन्दा केही पर मात्रै झडप भएकाले मतदाता समेत प्रभावित देखिएका थिए। घटनास्थलमै रहेका सुरक्षाकर्मीहरुले झडप साम्य पार्न घटनास्थलबाट यादवलाई बाहिर लगेर राखेका छन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































