कास्कीमा मतदान गर्ने महिला बढी 

+
-

कास्की- कास्कीमा हिजो सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने महिलाको सहभागिता बढिरहेको छ। खसेको मतको तथ्यांकमा महिला मतदाताको उल्लेख्य सहभागिता छ। कास्कीमा पुरुषभन्दा १५ हजार बढी महिलाले मतदान गरेका छन्।

प्रारम्भिक तथ्यांकमा करीब ६७ प्रतिशत मत खसेको जनाइए पनि राति १२ बजेसम्म सबै तथ्याकं संकलनपछि ७०.४९ प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले जनाएको छ । यो स्थानीय तहको भन्दा करिब ४ प्रतिशत कम हो।

दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा स्थानीय तहको निर्वाचनमा भन्दा २० हजार ६ सय ४१ नयाँ मतदाता थपिएका थिए। ५३ प्रतिशत महिला, ४७ प्रतिशत पुरुष र ४ जना तेस्रोलिंगी मतदाता थिए। मतदान गर्ने महिलाको संख्या ९७ हजार ६ सय ९४ रहेको छ भने पुरुष संख्या ८२ हजार ३ सय ८४। २ जना तेस्रोलिङ्गी पनि मतदानमा सहभागी भए। जम्मा १ लाख ८० हजार ८० मत खसेको थियो।

सबै मतदानस्थलबाट राति १२ बजे सम्म सबै मतपेटिका मतगणना स्थल ल्याइसकिएको छ। बिहान ८ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। तारजाली र सिसीक्यामेरासहितको सुरक्षा प्रबन्धमा मत गणना हुने सुवेदीले बताए। प्रत्यक्ष तर्फको तीन दिन र समानुपातिकतर्फको कम्तीमा १ हप्ताभित्र मतगणना गरेर सकिने उनले जानकारी दिए।

कास्की जिल्लाबाट प्रतिनिधि सभामा ३ जना र प्रदेश सभाका लागि ६ जना निर्वाचित हुँदैछन्। कास्कीको निर्वाचन क्षेत्र नंं १ को क्षेत्रीय शिक्षा निर्देशनालय र क्षेत्र नं २ को डिभिजन सहकारीको कार्यालयमा र क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिको कार्यालयमा मत गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?