महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत
+
-

गौशाला-महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो ।

कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्व सांसद चन्देश्वर झासहित १८० जनाको जमानत जफत भएको उहाँले बताउनुभयो । पूर्व सांसद झाले महोत्तरी ३ नं क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा राजपाको बागी भएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

निर्वाचन अधिकारी रायका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा नौ, क्षेत्र नं २ मा १६, क्षेत्र नं ३ मा १८ र क्षेत्र नंम्बर ४ मा १६ जनाको जमानत जफत भएको हो ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ को (क) मा आठ, (ख) मा १२, क्षेत्र नं २ को (क) मा पाँच, (ख) मा १९, क्षेत्र नं ३ को (क) मा ११, (ख) मा ३०, क्षेत्र नं ४ को (क) मा १५ र (ख) मा २१ जनाको जमानत जफत भएको उहाँले जानकारी दिनुभयो । जमानत जफत हुनेमा ३६ जना स्वतन्त्र र बाँकी अन्य दलका उम्मेदवार थिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’