काठमाडौं-यु–१९ राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पृथु बास्कोटा पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार मध्यरातमा भएको डेजाभु तोडफोड घटनामा पृथुलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पृथु डेजाभुका लगानीकर्ता हुन्। प्रहरीले डेजाभुका पाँच जना सञ्चालक पक्राउ गरेको छ। पक्राउ पर्नेमा मयक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ र जयन्त श्रेष्ठ पनि छन्। यसैगरी डिजे मार्समेलोलाई ल्याउने भनी इभेन्ट आयोजना गर्ने सिक्स्टी वन लाईभका रितेश मारवाडी र राजिव महर्जनलाई पनि पक्राउ परेको छ।
प्रहरीले डेजाभु र सिक्स्टी वान लाभ मिलेर दर्शकलाई ठगेको आरोप लगाएको छ । डेजाभुले मार्समेलोको कार्यक्रमका लागि आयोजकलाई आफ्नो नाइट क्लब उपलब्ध गराएको थियो।
तर मध्यरातसम्म आयोजकले मार्समेलो नआउने बताएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए।
महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले क्रिकेटर बास्कोटासहित सात जनालाई पक्राउ गरी ठगी मुद्धा चलाउने तयारी भईरहेको जानकारी दिए।
आयोजकले मार्समेलोको सोका लागि टिकटदर २५ सय, ३५ सय र पाँच हजार शुल्क तोकेको थियो । मार्समेलोको सोका लागि करिब ३५ सयले टिकट काटेको जनाइएको छ ।
यो पनि पढ्नुस..

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































