‘अध्यादेशमा कांग्रेसको किन यस्तो विवाद?’

‘अध्यादेशमा कांग्रेसको किन यस्तो विवाद?’
+
-

काठमाडौँ- नेकपा (एमाले) का नेता माधवकुमार नेपालले निर्वाचनको परिणाम आइसकेपछि नेपाली काँग्रेसले विभिन्न अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको बताएका छन्।

साँखुका विभिन्न स्थानमा गरिएको विजय जुलुसपछि शुक्रबार आयोजित सभामा उनले वाम गठबन्धनको सरकार निर्माण जनताको चाहना भएकाले काँग्रेसलाई जनादेश स्वीकारेर अगाडि बढ्न आग्रह गरे।

मुलुकमा अब गठन हुने सरकारले राजनीतिक स्थिरता कायम गरी विकास निर्माणका कार्यक्रम ल्याउने बताउँदै त्यस कार्यले पाँच वर्षभित्र देशलाई सम्पन्न र समृद्ध बनाउने विश्वास व्यक्त गरे।

दैनिक प्रशासनिक कार्य मात्र गर्नुपर्ने अहिलेको सरकारले प्रदेशमा प्रतिनिधि तोक्न नहुनेमा जोड दिँदै उनले एकपछि अर्को नियुक्ति गरी राजनीतिकरुपमा बेइमानी गरेको विचार व्यक्त गरे।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता नेपालले साँखुका ऐतिहासिक महत्व बोकेका विभिन्न धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’