कञ्चनपुर- व्यापारका लागि महत्वपूर्ण कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
सडक निर्माणका लागि ठेक्कागर्न यात्रुले रु १६० भन्दा बढी बस भाडा तिर्नुपरेको छ । खेतमा उत्पादन गरिएको तरकारी बजारसम्म पुर्याउन समेत हम्मेहम्मे पर्ने गरेको शोभातालका किसान साइटु चौधरीले बताए। ‘सडकको बिग्रँदो अवस्थाका कारण खेतमा उत्पादित तरकारी बेच्न नपाएर खेतमै कुहिने गरेको छ’ उनले भने, ‘सडकको सहज व्यवस्था भए बजारसम्म जान सक्थ्यो, सस्तोमै गाउँघरमै बिक्रीसमेत हुने गरेको छैन।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको तीन किमी क्षेत्रमा र चान्देव दक्षिणको सामुदायिक वन क्षेत्रमा सडक दायाँबायाँ बढेको झाडीका हाँगा झ्यालको सिसा खोलेर हातले पन्छ्याई चालकले बस चलाउनुपर्ने बाध्यता छ। विसं २०४३ देखि सडक किनाराका रुखका हाँगा नहटाइँदा यस्तो समस्या आएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनपछि सडक कालोपत्रे गर्ने कुरा उठ्दै आए पनि हालसम्म पूरा हुन नसकेको कालागौँडीका शिक्षक गेंदुराम रानाले बताए।
‘विसं २०७३ असार मसान्तमा कलुवापुर–बेलौरी सडक पक्की निर्माणको ठेक्का भएको खबरले यस क्षेत्रमा खुशी छायो”, बेलौरीका समाजसेवी केशवराज जोशीले भने, ‘हालसम्म निर्माण कार्यको थालनी नहुँदा अन्योल छाएको छ।’ जानकारका अनुसार विसं २०३४ मा कलुवापुरदेखि भारतको खजुरिया पुरनपुर सब हाइवेसँग मिलान हुने गरी ४० किमी सडकको सर्भे डिजाइन गरिएको थियो।
बेलौरीबाट जिल्ला सदरमुकाम भीमदत्तनगर सारिएपछि सडक निर्माणको कामले गति लिन नसकेको हो । पटक पटक चुनावी कार्यसूचीमा मात्रै सडक निर्माणलाई राख्ने र चुनाव जितेपछि बिर्सने कार्यले सडक निर्माण अगाडि बढ्ने नगरेको यहाँका सामाजसेवी बताउँछन्। राजेन्द्रप्रसाद पनेरु (रासस)

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































