मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा
+
-

काठमाडौं- नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रनले हरायो ।

नेपालले निर्धारित ३४ ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोडेको थियो । नेपालको पालीमा प्रतिश जिसीले २५, सुनिल भन्डारी र नारायण जोशीले १७÷१७ , विशाल विक्रम केसीले १५ तथा राजन मगर र रित गौतमले ११÷११ रन जोडे । तृतराज दासले पनि १३ रन बनाए ।

एक सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा ५५ रनमा समेटियो । मलेसियालाई सस्तोमा समेट्न नेपालका सुर्य तामांगले चार र प्रतिश जिसीले तीन विकेट लिए । नारायण जोशी र कुशल मल्ल्ले पनि एक एक विकेट लिए ।

एक रनको अन्तरमा तीन विकेट झरेपछि मलेसिया संकटमा परेको हो । मलेसियाले नौ ओभरमा चार विकेट गुमाएर २६ रन जोडेको छ । त्यसअघि २४ रन जोड्दा केवल एक विकेट गुमाएको मलेसिया २५÷४ को स्थितीमा पुगेको थियो । नेपालका बलर प्रतिस जिसीले दुई र सुर्य तामांगले एक विकेट लिए ।

नेपालले फाइनलमा सिंगापुरको सामना गर्ने छ । शनिबार भएको अर्को सेमिफाइनलमा सिंगापुरले हंगकंगलाई आठ विकेटले हरायो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?