दुर्घटनामा एक महिनाअघि हराएका यात्री मृत भेटिए

+
-

 

नुवाकोट- एक महिनाअघि मिनीट्रक दुर्घटनामा परी हराएका तार्केश्वर गाउँपालिका–२ तारुकाका गणेशश्याम नेपाल शनिबार मृत अवस्थामा भेटिएका छन्।

मंसिर ३ गते विदुर नगरपालिका–९ कोलनीमा बा२ख ६३४३ नंको मिनीट्रक दुर्घटना हुँदा हराएका ४४ वर्षका नेपाल घटनास्थलमा नै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

टिपर दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले उद्धार गरी चालकसहित तीनजनालाई उपचारका लागि अस्पताल पठाएको थियो । टिपरमा नै सवार नेपाललाई दुर्घटनापछि नभेटिएको भन्दै खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

सवारी दुर्घटनापछि उद्धारमा खटिएका सुरक्षाकर्मीले खोजतलासमा लापरबाहीले हराएका अधिकारीको शव एक महिनापछि दुर्गन्धित अवस्थामा घटनास्थलमा नै भेटिएको हो। (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?