पत्रकार सम्मलेनमा ओली हाबी

पत्रकार सम्मलेनमा ओली हाबी
+
-

कुनै समय थियो, आफू उपस्थित भएको कुनै पनि कार्यक्रममा नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नै मुख्य आकर्षण बन्थे। आइतबार उनले समय फेरिएको जनाएका छन्, कम बोलेर।

काठमाडौंको होटल अन्नपूर्णमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनी अत्यन्त कम बोले। पत्रकार सम्मेलनभर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हाबी भए। एमालेकै उपाध्यक्ष भीम रावलले सञ्चालन गरेको सम्मेलनमा रावल आफैँले संयुक्त प्रेस विज्ञप्ति वाचन गरेका थिए। त्यसपछि लामो समय लिएर ओलीले प्रतिनिधिसभाबाटै सरकार निर्माण हुने, छिट्टै एकीकरण प्रक्रियामा जाने आदि धारणा राखे।

ओलीपछि बोलेका प्रचण्डले निकै कम समय लिए। उनले आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै भइसकेको भन्दै पदको कुनै लोभ नभएको बताए। स्थीरता, विकास र समृद्धिमात्रै आफ्नो चिन्ताको विषय भएको धारणा राखे। शेरबहादुर देउवाको सरकार काम चलाउ भइसकेको भन्दै उनले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न आग्रह गरे।

प्रचण्डलगत्तै पत्रकारहरूले प्रश्न गरेका थिए जसको जवाफ उनले नै दिने अपेक्षा गरिएको थियो। तर, पत्रकारहरूको प्रश्नको जवाफ ओलीले दिएसँगै भीम रावलले पत्रकार सम्मेलन टुंग्याए।

यो पनि हेर्नुहोस्:

ओलीको बोलीमा लगाम

ओलीले भने, अब गाली गर्ने दिन सकिए

केपी ओलीको एक दिन

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’