काठमाडौँ- सर्वोच्च अदालतले कैलालीको टीकापुरमा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभाका सदस्य रेशम चौधरीको कर्तव्य ज्यानलगायतको अभियोगको कागजातहरुको प्रमाणित प्रतिलिपि मगाउन आदेश गरेको छ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले मंगलबार कर्तव्यज्यान, लुटपाटलगायत अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश गरेको हो।
फरार अवस्थामा रहेका आरोपित चौधरीले प्रतिनिधिसभा सदस्यमा जितेपछि वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै सर्वोच्चमा दर्ता गर्न अस्वीकार गरेको रिट निवेदनविरुद्ध इजलासमा पेश भएको निवेदनमा सर्वोच्चले अभियोगका प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो।
कैलालीको टीकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी भई फरार रहेकै अवस्थामा प्रतिनिधिसभामा सदस्यमा विजयी भएपछि चौधरीले वारेसमार्फत विजयीको प्रमाणपत्र लिन नपाएपछि सर्वोच्चमा रिट निवेदन दर्ता गर्न खोज्दा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो।
सर्वोच्च अदालत प्रशासनले कर्तव्यज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै ल्याएको निवेदन दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले इजलासमा वारेसमार्फत निवेदन दिएका थिए।
निवेदनको सुनुवाइ अभियोगको प्रमाणित प्रतिलिपि मगाउने आदेश गरेको हो। फरार रहँदाकै अवस्थामा वारेसनामामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई वारेस बनाउँदै प्रमाणपत्र लिन पठाएका थिए। जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। विसं २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। (रासस)
यो पनि हेर्नुहोस्:

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































