वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु
+
-

वीरगञ्‍ज- वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी हुँदा दुई जनाको मृत्‍यु भएको छ। बुधबार बिहान ६ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका वीरगञ्ज वारुणयन्त्रका कर्मचारीको मृत्‍यु भएको पर्सा प्रहरीले  जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मधुसुधन मिश्र र यादवप्रसाद अधिकारी छन्। उनीहरुको आगो निभाइरहेका बेला निस्सासिएर मृत्यु भएको हो। यस्तै आगो निभाउन गएका दमकलका ६ जना कर्मचारी घाइते भएका छन् भने वारुणयन्त्र पनि जलेको छ।

वीरगञ्ज वारुणयन्त्रका निमित्त प्रमुख शेरबहादुर कार्कीका अनुसार ग्यास भण्डारण भएको स्थलमा आगो बलिरहेकाले पानीले पनि आगो निभाउन सकिएको छैन। ग्‍यास प्लान्टमा आगलागी हुँदा कति मानिस भित्र थिए भन्‍ने जानकारी खुल्‍न सकेको छैन।

घाइते हुनेमा सञ्जीव नेपाल र अरुणकुमार महतो छन्। उनीहरुको वीरगञ्‍जस्थित हेल्थकेयर अस्पतालमा उपचार हुन नसकेपछि राजधानीस्थित वीर अस्पताल ल्याइएको छ। आगो अनियन्त्रित हुन थालेपछि अमलेखगञ्जबाट नेपाल आयल निगमको दमकल र भारत सरकारको अर्को एक दमकल मगाइएको छ। तर, दमकल आगलागी भएको स्थानमा पुग्‍न सकेको छैन।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पगे पनि साढे दुई किलोमिटर वर नै रोकिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?