घटनास्थलको पाँच सय मिटर वरिपरि खाली

घटनास्थलको पाँच सय मिटर वरिपरि खाली
+
-

काठमाडौं-विरगन्ज महानगरपालिकाको वडा नम्बर १७ गण्डक नहर छेउमा रहेको सुपर ग्याँस कम्पनीमा लागिरहेको आगलागीको ५ सय मिटर वरिपरि खाली गरिएको छ।

संघिय प्रहरी इकाई नारायणीका एसएसपी सुर्य उपाध्यायले थप सम्भावित दुर्घटनालाई ध्यानमा राखी घटनास्थलको पाँच सय मिटर वरपर क्षेत्र खाली गरिएको जानकारी दिए। ‘आगो भिषणरुपमा लागिरहेको छ।

अहिलेसम्म सिलिन्डर मात्र पड्कीएको अनुमान गरेका छौं । तर त्यहाँ तीन वटा ग्याँस बुलेट पनि रहेको जानकारी पाएकाले थप दुर्घटनाको सम्भावना पनि छ । त्यसैले सुरक्षाकर्मी समेत पाँच सय मिटर दुरीमा मात्र छन्’,एसएसपी उपाध्यायले भने।

प्रहरीका अनुसार अझै ८/१० घन्टा त्यस क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन । ‘ प्राविधिकले बताए अनुसार आगलागी भईरहेको स्थानमा अझै आठ १० घन्टा प्रवेश गर्न सकिँदैन। त्यसैले अहिले तत्काल केही भन्न सकिँदैन’ एसएसपी उपाध्यायले भने।

बुधबार बिहान सात ४० बाट सुरु भएको आगलागी नियन्त्रणमा गएको विरगन्ज महानगरपालिकाको दमकलका दुई कर्मचारीको निधन भइसकेको छ । मृत्यु हुनेमा यादब अधिकारी र मधुसुदन मिश्र छन्। एसएसपी उपाध्यायले आगोलाग्ने बित्तिकै त्यहाँ रहेका मानिसको भाग दौड मच्चिएको बताए।

‘अहिलेसम्म दुई जनामात्र हराईरहेको जानकारी पाएकाले शव उनीहरुकै भएको हाम्रो आशंका छ । तर आगलागी हुँदा त्यहाँ कति थिए भन्ने यकिन साथ भन्न सक्ने अवस्था छैन। त्यसैले मानविय क्षतीको विषयमा पनि तत्काल यकिनसाथ भन्न गाह्रो छ।’, उपाध्यायले भने।

आगलागीमा घाइते भएका दमकलका दुई कर्मचारीलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा बुलेटबाट ग्याँस भर्नेक्रममा आगलागी सुरु भएको अनुमान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?