काठमाडौं-एनआईसी एशिया बैंकले डिबेन्चर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित ३० लाख कित्ताडिबेन्चर निष्कासन गर्न लागेको हो।
बैंकका अनुसार ९ प्रतिशत वार्षिक ब्याजदर रहेको ऋणपत्रको अवधि ७ वर्षको हुनेछ।
बैंकले ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमाभूक्तानी गर्ने जनाएको छ।
डिबेन्चर बिक्रिबाट ३ अर्ब बराबर ऋण उठाउने बैंकको योजना रहेको छ।
पुस १३ बाट विक्रीखुला हुने ऋणपत्रमा पुस १७सम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
बैंकले ऋणपत्रको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्टलाई नियुक्त गरेको जनाएको छ।
ऋण पत्रलाईक्रेडिट रेटिंङ एजेन्सी ईक्रा नेपालले ‘एलएमाइनस’ रेटिङ प्रदान गरेको छ। जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम हुने बैंकले जनाएको छ।
बैंकले ऋणपत्रलाई नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकरण गरिने जनाएको छ ।
यो पनि हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































