बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

+
-

रामपुर-पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ ।

जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ।

पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार स्वयंसेविकामार्फत बालभिटा निःशुल्क रुपमा उपलब्ध गराइँदै आइरहेको छ । बालभिटाको प्रयोगबाट जिल्लामा अहिले कुपोषित बालबालिकाको संख्या ५२० बाट २२४ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।

यस्तै, जिल्लामा श्वासप्रश्वासका समस्या भएका बालबालिकाको दर पनि घट्दो रहेको छ । आव २०७३/०७४ मा प्रतिहजारमा ३०८.१, २०७२/०७३ मा ७१४ र ०७१÷०७२ मा ८०४ रहेको छ । जिल्लाभरिको तथ्यांक हेर्दा बालभिटाको प्रयोग गर्ने बालबालिकाको दर भने ५४.२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका तथ्यांक सहायक प्रवीण भण्डारीले बताए।

ग्रामीण भेगमा अझै पनि आफ्ना बालबालिकालाई बालभिटाको प्रयोग नगर्ने अभिभावक धेरै रहेका छन् । केहीले पूरै अवधिसम्म नियमित खुवाएको पाइन्छ भने केहीले घर लगेर प्रयोग नगर्ने गरेको खुलासा भएको छ।

पन्ध्र किसिमका सुक्ष्म पोषक तत्वबाट बनेको हुँदा पनि यसको नियमित सेवनले बच्चाको तौल वृद्धिमा सहयोग पुग्नुका साथै बच्चा फुर्तिलो र टाठो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसका साथसाथै बालभिटा प्रयोगले कुपोषण र श्वासप्रश्वाससम्बन्धी समस्याबाट बालबालिका सधैँ टाढा रहने गर्छन्।

यो पनि हेर्नुहोस्:

कुपोषितको स्वास्थ्य सुधारको जिम्मा स्थानीय तहलाई

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?